जेष्ठ ७, २०८२ मंगलबार | २३:२९:०१
शुक्र र भुवनलाई संयुक्तरुपमा अग्रता एनभिए लिगको तयारी पूरा ब्याडमिन्टनका निर्णायक कृतन खड्का र मन्दिरा न्यौपानेको स्तरोन्नती शीर्ष डिभिजनमा उक्लियो श्री भगवती भारत जाने कुस्ती टोलीको बिदाइ अञ्जिला बिहीबार नेपाल आइपुग्ने स्वदेश फर्कियो यु-१९ फुटबल टोली ‘बी’ डिभिजनको रेलिगेसन समीकरण पूरा, आरसीटी जोगियो, टुसाल रेलिगेसनमा पर्ने दोस्रो टोली जोनी बेयरस्टो, रिचार्ड ग्लिसन र चरिथ असलंकालाई मुम्बईले भित्र्यायो नेपाल थाइल्यान्डसँग पराजित शुक्र र भुवनलाई संयुक्तरुपमा अग्रता एनभिए लिगको तयारी पूरा ब्याडमिन्टनका निर्णायक कृतन खड्का र मन्दिरा न्यौपानेको स्तरोन्नती शीर्ष डिभिजनमा उक्लियो श्री भगवती भारत जाने कुस्ती टोलीको बिदाइ अञ्जिला बिहीबार नेपाल आइपुग्ने स्वदेश फर्कियो यु-१९ फुटबल टोली ‘बी’ डिभिजनको रेलिगेसन समीकरण पूरा, आरसीटी जोगियो, टुसाल रेलिगेसनमा पर्ने दोस्रो टोली जोनी बेयरस्टो, रिचार्ड ग्लिसन र चरिथ असलंकालाई मुम्बईले भित्र्यायो नेपाल थाइल्यान्डसँग पराजित

नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं । नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ ।

मंगलबार बेङ्ककको टेर्डथाइ क्रिकेट मैदानमा थाइल्यान्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै ८० रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कवितार कुँवरले २४, रजाजमति ऐरीले अविजित २० र रुविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले सर्वाधिक चार विकेट लिइन् । उनले १९औं ओभरको तेस्रो, चौथो र पाँचौं बलमा क्रमशः रोमा थापा, ईश्वरी विष्ट र रिया शर्मालाई पभेलियनको बाटो देखाउँदै ह्याट्रिक पूरा गरेकी थिइन् । 

यसैगरी थिपाचा पुथावोङले तीन र सुलेपोर्न लाओमीले एक विकेट हात पारे । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रनको योगाफल तयार पारेको थियो ।

थाइल्यान्डका लागि नन्नापत कोन्चारोएनकाई २८ बलमा आठ चौकाको मद्दतले अविजित ५० रनको योगदान गरिन् । यसैगरी नटाया बुचथमले ४२ बलमा पाँच चौकासहित ५०, अपिसरा सुवान्चोराथीले २९ र नथ्थकन चन्थमले अविजित १५ बनाए ।

नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एक विकेट लिए ।

नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका थिए । पहिलो खेलमा दुवैले युएईलाई हराएका थिए ।  


भिडियो
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video