जेष्ठ ७, २०८२ मंगलबार | २१:५०:५९
शुक्र र भुवनलाई संयुक्तरुपमा अग्रता एनभिए लिगको तयारी पूरा ब्याडमिन्टनका निर्णायक कृतन खड्का र मन्दिरा न्यौपानेको स्तरोन्नती शीर्ष डिभिजनमा उक्लियो श्री भगवती भारत जाने कुस्ती टोलीको बिदाइ अञ्जिला बिहीबार नेपाल आइपुग्ने स्वदेश फर्कियो यु-१९ फुटबल टोली ‘बी’ डिभिजनको रेलिगेसन समीकरण पूरा, आरसीटी जोगियो, टुसाल रेलिगेसनमा पर्ने दोस्रो टोली जोनी बेयरस्टो, रिचार्ड ग्लिसन र चरिथ असलंकालाई मुम्बईले भित्र्यायो नेपाल थाइल्यान्डसँग पराजित शुक्र र भुवनलाई संयुक्तरुपमा अग्रता एनभिए लिगको तयारी पूरा ब्याडमिन्टनका निर्णायक कृतन खड्का र मन्दिरा न्यौपानेको स्तरोन्नती शीर्ष डिभिजनमा उक्लियो श्री भगवती भारत जाने कुस्ती टोलीको बिदाइ अञ्जिला बिहीबार नेपाल आइपुग्ने स्वदेश फर्कियो यु-१९ फुटबल टोली ‘बी’ डिभिजनको रेलिगेसन समीकरण पूरा, आरसीटी जोगियो, टुसाल रेलिगेसनमा पर्ने दोस्रो टोली जोनी बेयरस्टो, रिचार्ड ग्लिसन र चरिथ असलंकालाई मुम्बईले भित्र्यायो नेपाल थाइल्यान्डसँग पराजित

हैदराबादसँगको हारले लखनउ प्लेअफ दौडबाट बाहिरियो

काठमाडौं । सनराइजर्स हैदराबादसँग ६ विकेटको पराजय बेहोरेसंगै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ‌ दौडबाट बाहिरिएको छ।

अब दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स मात्रै प्लेअफ दौडमा छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैङ्लुरु र पन्जाब किंग्स यसअघि नै प्लेअफमा पुगिसकेका छन्।

जितसँगै  १२ खेलमा ९ अंक जोडेको हैदराबाद आठौं स्थानमा छ । पराजित लखनउ १२ खेलबाट १० अंकका साथ सातौं स्थानमा छ ।

सोमबार भारत रत्न श्री अटल विहारी भाजपाइ एकान क्रिकेट मैदामा घरेलु टोली लखनउले प्रस्तुत गरेको २०६ रको लक्ष्य हैदराबादले १८.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

हैदराबादका लागि अभिषेक शर्माले २० बलमा ६ छक्का र ४ चौकाको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी हेन्रिक क्लासनले ४७, इशान किशनले ३५, रिटायर्ड हर्ट भएका कमिन्दु मेन्डिसले ३२ र अथर्भ टाइडेले १३ रन बनाए ।

दोस्रो विकेटका लागि अभिषेक र इशानले ८२ रनको साझेदारी गरेका थिए ।लखनउका लागि दिग्वेश राठीले दुई तथा सार्दुल ठाकुर र विल ’रोर्कले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले  निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २०५ रनको योगफल तयार पारेको थियो ।

लखनउका लागि  मिचेल मार्शले ३९ बलमा ६ चौका र चार छक्कानको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी एडेन मार्करमले ३८ बलमा समान चार चौका र छक्काको मद्दतले ६१ र निकोलस पुरनले ४५ रन बनाए ।

पहिलो विकेटका लागि मिचेल र एडेनबीच ११५ रनको साझेदारी भएको थियो ।  हैदराबादका लागि एशान मालिंगाले दुई तथा हर्ष दुबे, नितिशकुमार रेड्डी र हर्षल पटेलले समान एक विकेट लिए ।


भिडियो
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video