काठमाडौं । इन्डियन प्रिमिय लिग (आइपिएल) को फ्रेन्चाइज टोली मुम्बई इन्डियन्सले इङ्ल्यान्डका जोनी बेयरस्टो र रिचार्ड ग्लिसन तथा श्रीलंकाका चरिथ असलंकालाई अस्थायी खेलाडीका रूपमा भित्र्याएको छ। उनीहरूले विल ज्याक्स, रायन रिकेल्टन र कोर्बिन बोशको स्थानमा लिनेछन् ।
बेयरस्टोलाई ५ करोड २५ लाख ,ग्लिसनलाई १ करोड र असलंकालाई ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरिएको हो ।
मुम्बईले प्लअफमा स्थान बनाएको अवस्थामा मात्र यी खेलाडी उपलब्ध हुनेछन् । मुम्बई र दिल्लीमध्ये प्ले अफकाे दाैडमा छन् ।
इङ्ल्यान्डका विल ज्याक्स वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि जानेछन् । यसैगरी दक्षिण अफ्रिकाको रिकेल्टन र बोशा भने आइसिसी टेस्ट च्याम्पियनसिपको फाइनलको तयारीका लागि जानेछन् । टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन् ।
मुम्बईका लागि रिकेल्टनले तीन अर्धशतकसहित ३३६ रन बनाएका छन् । ज्याक्सले एक अर्धशतकको मद्दतले १९५ रन बनाउनुका साथ पाँच पनि विकेट लिएका छन् ।
यता बोशले भने खासै मौका पाएका छैनन् । दुई खेल खेलको उनले ४७ रन बनाउनुका साथै एक विकेट लिएका छन् र
बेयरस्टोले ग्लीसनले आइपिएलको अनुचव लिइसकेका छन् । असलंका भने पहिलो पटक आइपिएल खेल्न तयारीमा छन् ।