अखिल नेपाल फुटबल स‍घ

साफ यु- १७ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट हुने

काठमाडौँ । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु-१७ च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय टोलिको छनोट हुने भएको छ  । 
 

अखिल नेपाल फुटबल संघ(एन्फा) ले साफका लागि विभिन्न जिल्लाबाट १७ बर्ष मुनिका महिला खेलाडीकाे छनोट गर्ने भएको हो  ।

एन्फामा आबद्ध जिल्ला फुटबल संघहरुले आ–आफ्नो जिल्लामा रहेका योग्यता पुगेका खेलाडीलाई सहभागि गराउन एन्फाले आग्रह गरेको छ । पहिलो चरणको छनोट कार्यक्रम माघ १२ गते देखि १५ गते तथा दोस्रो छनोट छनोट माघ १६ गतेबाट २० गतेसम्म  एन्फा कम्प्लेक्स सातदोबाटेमा हुनेछ । 


खेलाडी छनोटका लागि खेलाडीको जन्म मिति २०६३ पुस १७ गते देखि २०६६ पुस १६ गतेको बीचमा जन्मेको हुन आवश्यक छ । त्यस्तै, नाबालक परिचय पत्र, नागरिकता र पासपोर्ट अनिबार्य साथमा ल्यानु पर्नेछ । 


साफ यु-१७ महिला च्याम्पियनसिप २०२३ मार्च २० देखि २८ सम्म तदनुसार मिति २०७९ चैत्र ६ देखि १४ गते सम्म बंगलादेशमा हुँदैछ ।