साफ महिला च्याम्पियनसिप

नेपालको पहिलो रोजाई सार्वजनिक, दीपा र अमिषाको ‘डेब्यु’

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध खेल्ने नेपाली टिमको पहिलो रोजाई सार्वजनिक भएको छ ।

नेपाली टिममा दीपा शाही र अमिषा कार्कीले ‘डेब्यु’ गरेका छन् । नेपाली टिम गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रदै छ । समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् ।

नेपाली टिमः

एन्जिला तुम्बाप्पो सुब्बा (गोलकिपर, कप्तान), पुनम जर्घामगर, अमृता जैसी, हिराकुमारी भुजेल, अमिषा कार्की, सवित्रा भन्डारी, अनिता बस्नेत, गीता राना, सरु लिम्बु, अनिता केसी, दीपा शाही