कृष्ण गुरुङ

हाम्रो फुटबल नेपालका अध्यक्ष संघीय सांसदको उम्मेदवारीका लागि सिफारिस

काठमाडौं । फुटबल समर्थकहरुको संगठन हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्णमुरारी गुरुङको नाम सिन्धुली क्षेत्र नम्बर एक काँग्रेसले आगामी संसदीय निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरेको छ ।

काँग्रेस महासमिति सदस्य गुरुङलाई सिन्धुली क्षेत्र नम्बर एकबाट संघीय सांसदको प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गरिएको हो । हाम्रो फुटबल नेपालको माध्यमबाट नेपाली फुटबलमा सक्रिय गुरुङ गतवर्ष पार्टीको आन्तरिक निर्वाचनमा सिन्धुली जिल्लाबाट सर्वाधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि भएका थिए ।

‘मेरो राजनीतिक अधिकार सुनिश्चित गरिदिनुभएकोमा नेपाली काँग्रेस सिन्धुलीका जिल्ला सभापती उपेन्द्र पोखरेल र सम्पूर्ण जिल्ला कार्यसमितिका नेतागण तथा अन्य सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु,’ गुरुङले भने ।

गुरुङले जिल्लाबाट सिफारिस भएसँगै आफ्नो राजनीतिक करियरले थप उर्जा प्राप्त गरेको बताउँदै खेलकुद र युवाका भावनालाई प्रतिनिधित्व गरिरहने बताए ।