कतार विश्वकप २०२२

ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः नखेलाउन फिफा सहमत

ज्युरिच । कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत गत सेप्टेम्बरमा रोकिएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः नखेलाइने भएको छ ।

फिफा ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः संचालन नगर्न सहमत भएको हो ।

कतार विश्वकप २०२२ नोेभेम्बरबाट सुरु हुँदैछ । ब्राजिल र अर्जेन्टिना भने खेलाडीको चोटको डरका कारण सो खेल फेरी खेल्न चाहदैन थिए ।

ब्राजिल शीर्ष स्थानमा र अर्जेन्टिना दोस्रो स्थानमा बस्दै कतार विश्वकपका लागि छनोट भइसकेका छन् । गत सेप्टेम्बरमा सओ पाउलोमा ब्राजिल र अर्जेन्टिनाबीचको खेलको छैटौ मिनेट जारी रहँदा ब्राजिलका स्वास्थ्य अधिकारीहरु मैदान प्रवेश गरेपछि खेल रोकिएको थियो ।

अर्जेन्टिनाका चार खेलाडीले कोभिड १९ महामारीका लागि लागु गरिएको क्वारेन्टाइनको नियम पालना नगरेको भन्दै उनीहरु मैदान प्रवेश गरेका थिए । जसका कारण खेल स्थगित भएको थियो ।

फिफाले दुवै राष्ट्रमाथि जरिवाना भराउने र सो खेल पुनः खेल्नु पर्ने निर्णय गरेको थियो । फिफाले पुनः खेलाउने खेलको मिति तोकेको थिए तर सो खेल सेप्टेम्बरमा हुने सम्भावना रहेको थियो ।

जुन निर्णयविरुद्ध ब्राजिल र अर्जेन्टिना कोर्ट फर अब्रिट्रियसन अफ स्पोटर्स (सिएएस) मा पुगेका थिए । सिएएसले यसै महिनाको अन्त्यमा यो विषयमा अन्तिम निर्णय दिने र सो आदेश फिफाको निर्णय अनुसारकै हुने सम्भावना उच्च रहेको बताइएको थियो । तर अदालतमा उपस्थित हुँदै फिफा, ब्राजिल र अर्जेन्टिना बीच सो खेल पुनः नखेलाउने सहमती जुटेको हो ।

पाँच पटकको विजेता ब्राजिलले सन् २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन । अर्जेन्टिना भने पछिल्लो पटक सन् २०१४ मा फाइनल प्रवेश गरे पनि अर्जेन्टिनासँग निराश भएको थियो ।

ब्राजिल कतार विश्वकप २०२२ को समूह ‘’जी मा सर्बिया, क्यामरुन  स्विट्जरल्यान्डसँग परेको छ भने अर्जेन्टिनाले समूह ‘सी’ मा मेक्सिको, पोल्यान्ड र साउदी अरेबियाको सामना गर्नेछ ।