लियोनेल मेसी

मेसीको नाममा हुन सक्छ, अर्को कीर्तिमान

मड्रिड । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले हालै फ्रेन्च सुपर कप जित्यो । क्लबका लागि लियोनल मेसीले जितेको यो दोस्रो उपाधि थियो । र, यससँगै आफ्नो खेल जीवनमा यी अर्जेन्टिनी खेलाडीले जितेको उपाधि संख्या पुगेको छ, ४१ ।

अब उनी त्यति धेरै टाढा छैनन्, जहाँबाट उनले डानी एल्भासको नाममा रहेको कीर्तिमान छुन सक्छन्, अथवा उछिन्न पनि । बार्सिलोनाका पूर्व राइट ब्याक एल्भासले आफ्नो खेल जीवनमा ४३ उपाधि जिते र यो विश्व कीर्तिमान हो । 

यसमा उनले क्लब र आफ्नो देशका लागि जितेका उपाधि समावेश छन् । अब उनका पूर्व साथी खेलाडी मेसी खालि दुई उपाधि मात्र पछाडि छन् । विश्व फुटबलले हेर्न पाएका सर्वाधिक महान खेलाडीमध्ये एक हुन्, मेसी ।

अब यिनै मेसी व्यक्तिगत रूपमा सर्वाधिक उपाधि जितेका खेलाडी हुन्छन् भने उनको ख्यातिमा अझ सुगन्ध थपिनेछ । मेसी अहिले ३५ वर्षका भए, त्यसैले उनले अझै केही उपाधि जित्ने सजिलै अनुमान गर्न सकिन्छ । 

ब्राजिली एल्भास भने ३९ वर्षका भए, उनी पनि अझै सक्रिय छन्, फुटबल मैदानमा । उनी यूएनएएम पुमासमा आवद्ध छन् र यो क्लबले सन् २०११ देखि केही जित्ने सकेको छैन् ।

पीएसजी अबका सिजन पनि दुई उपाधिका लागि निकै बलियो प्रत्यासी रहेको छ, फ्रान्सेली लिग वान र फ्रेन्च कप । त्यसमध्ये पीएसजीले लिग जित्ने छैन् भने कल्पना गर्न पनि गाह्रो छ ।

त्यसैले अनुमान गरौं, उनले निकै चाँडै केही जित्ने छन् । अनुमान हो, उनी ४३ उपाधिमै सीमित हुनेछन् । अर्कोतर्फ मेसी पक्कै पनि ‘मोस्ट डेकोरेटेड’ खेलाडी हुने संघारमै छन् ।

पीएसजी अबका सिजन पनि दुई उपाधिका लागि निकै बलियो प्रत्यासी रहेको छ, फ्रान्सेली लिग वान र फ्रेन्च कप । त्यसमध्ये पीएसजीले लिग जित्ने छैन् भने कल्पना गर्न पनि गाह्रो छ ।

सायद पीएसजीको नजर त युरोपेली च्याम्पियन्स लिगमा पनि छ । अर्जेन्टिनाकै कुरा गर्ने हो भने यसै वर्ष कतारमा हुने विश्वकपमा पनि यो देश उपाधिका लागि सर्वाधिक ठूलो प्रत्यासी हो । फेरि अर्जेन्टिना लयमा पनि छ ।

एल्भासले ब्राजिलका लागि छ उपाधि जिते, दुई कोपा अमेरिका, दुई कन्फेडेरेसनकप, एक ओलम्पिक स्वर्ण र एक यू–२० विश्वकप । मेसीले भने, अर्जेन्टिनाका लागि चार उपाधि जितेका छन्, एक एक कोपा अमेरिका, कोनेमबोल–यूईएफएकप, ओलम्पिक स्वर्ण र यू–२० विश्वकप ।

मेसी जत्तिको खेलाडीले सर्वाधिक उपाधिको कीर्तिमान राखोस भन्ने शुभकामना धेरेको मनमा होला नै । जानकारीका लागि एल्भास र मेसीपछि आन्द्रेस इनिस्टाले ३७, जेरार्ड पिकेले ३६ र क्रिस्टियानो रोनाल्डोले ३४ उपाधि जितेका छन् ।

–मार्काको सहयोगमा ।