इङ्लिस प्रिमियर लिग

मग्वायरलाई तत्काल टोलीबाट हटाउने कुनै योजना छैनः रागनिक

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ रागनिकले कप्तान ह्यारी मग्वायरलाई तत्काल टोलीबाट हटाउने कुनै योजना नभए पनि उनले आफ्नो खेलमा भने सुधार गर्नु पर्ने बताएका छन् ।

युनाइटेडले पछिल्लो दुई खेलमा बनर्ली र साउथहमटनसँग १-१ को बराबरी खेलेको खेलमा मग्वायरको कप्तानीको आलोचना भएको थियो ।

रागनिकले मग्वायर टोली नेतृत्वका लागि आवश्यक भए पनि उनीले आफ्नो खेल भने सुधार गर्नु पर्ने बताए ।

‘उनी हालै मात्र चोटमुक्त हुँदै मैदान फर्किएका हुन् । त्यसैले उनलाई स्वभाविक लयमा फर्कन केही समय लाग्न सक्छ’,रागनिकले भने, ‘उनले वेस्ट हमविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।’

साउथहमटन र बनर्लीविरुद्धको खेलमा मग्वायरकै गल्तीमा युनाइटेडले गोल खाएको थियो ।

‘उनी हाम्रा कप्तान हुन् र उनलाई तत्काल परिवर्तन गर्नुपर्छ जस्तो मलाई लाग्दैन,’रागनिकले भने ।

मग्वायर सन् २०१९ मा ८० मिलियन युरोमा युनाइटेडमा अनुबन्धन भएका थिए ।