वैशाख ६, २०८२ शनिबार | १६:१९:१६
वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन

रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

काठमाडौं । फ्रेन्च क्लब लियोनविरुद्ध क्वार्टफाइनलको दोस्रो लेगमा ५-४ को रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ।

समग्रमा भने युनाइटेड ७-६ ले विजयी भयो । पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो ।

ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन म्यानुएल उगार्टे र डियागो डालोटको, ब्रुनो फर्नान्डेज, कोबी माइनो र ह्यारी मग्वायरले गोल गरे । लियोनका लागि करेन्टिन टोलिसो निकोलस टाग्लियाफिको, रायन चर्ची र एलेक्जान्द्रे लाकाजेटले गोल फर्काए ।

खेलको १०औं मिनेटमा उगार्टेको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा डालोटले टोलीको अग्रता दोब्बर बनाए ।

टोलिसोले ७१ र टाग्लियाफिकोले ७७औं मिनेटमा गोल गर्दा लियोन २-२ को बराबरीमा आयो । ८९औं मिनेटमा टोलिसोले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडे पछि लियोन १० खेलाडीमा समेटियो ।

अतिरिक्त समयमा धकेलिएको खेलको १०४औं मिनेटमा चार्चीले गोल गर्दा लियोन ३-१ ले अगाडि बढ्यो । १०९ मिनेटमा लाकाजेटले पेनाल्टीमार्फत गोल गर्दा लियोनको अग्रता ४-२ मा पुग्यो ।

फर्नान्डेजले ११४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई ४-३ को स्थितीमा ल्याए । ६ मिनेटपछि  मनइनोले युनाइटेडलाई ४-४ को बराबरीमा ल्याए ।

अतिरिक्त समयको इन्जुरी टाइममा मग्वायरले गोल गर्दै युनाइटेडलाई ५-४ को रोमाञ्चक जित दिलाए ।

यसैगरी बोडो ग्लिमट, टोटनहम र एथलेटिक्स क्लब बिल्वाओले पनि आ आफ्नो खेल जित्दै अन्तिम चारको यात्रा तय गरे ।


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC