वैशाख ६, २०८२ शनिबार | १९:३१:०१
सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी

लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत

आर्मी (हरियो जर्सी) र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै ।

नेपालगञ्ज । विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शुक्रबार नेपालगञ्ज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले हरायो ।

आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान एक गोल गरे । खेलको ‘प्लेयर अफ दि म्याच’ अनिता घोषित भइन् ।  

जितपछि आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । अब, आर्मीले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लब र भारतको सिलगुडी फुटबल संघको विजेतासँग बैशाख ९ गते खेल्नेछ । पुलिस र सिलगुडीबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।  

आर्मी फागुन अन्तिम साता इलाममा भएको महिला गोल्डकप र चैतमा चितवनमा भएको प्रतियोगितामा दोस्रो भएको थियो । आफ्ना तीन महत्वपूर्ण खेलाडीहरु दीपा शाही, अमिषा कार्की र विमला चौधरीविना मैदान उत्रिएको आर्मीले पहिलो हाफमा मात्र एक गोल गरेको थियो ।

‘प्लेयर अफ दि म्याच’ अनिता लम्जेल ।

खेलको चौथो मिनेटमै अनिताले आर्मीलाई दिलाइन् । विमला विकको फ्रिकिकलाई सुदूरपश्चिमकी गोलकिपर सुनौना चौधरीले नियन्त्रण लिन नसकेको फाइदा अनिताले लिँदै सिक्स यार्ड बक्सबाट गोल गरेकी हुन् ।

आर्मीले ५१औं मिनेटमा दोस्रो गोल थप्यो । अनिताले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरिन् । पुर्णिमा टाडीले १८ यार्ड बक्स नजिकै ह्यान्ड गरेपछि रेफ्री कृति शेनले आर्मीलाई फ्रिकिक अवसर दिएकी थिइन् ।

चार मिनेटपछि नै आर्मीले तेस्रो गोल गर्यो । यसपटक शर्मिला थापाले मिलाएको बललाई अगाडी बढाउँदै हेमाले पेनाल्टी क्षेत्रबाट गोल गर्दै आर्मीलाई सहज अवस्थामा पुर्याएकी थिइन् ।

वैकल्पिक खेलाडी तुलसाले गोल गर्दा ७७औं मिनेटमा आर्मीले अग्रता ४-० को बनायाे ।  सुदूरपश्चिमका खेलाडीले क्लियर गर्न नसकेको बललाई तुलसाले बक्स बाहिरबाटै सानदार गोल गरिन् ।

अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा पहिलो पटट भइरहेको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ , सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएकोे प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।

प्रतियोगिताको हरेक खेलको प्रत्यक्ष प्रशारण खेलाडी डटकमको फेसबुक पेज र युट्युब च्यानलबाट हुनेछ । 


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC