पुस १५, २०८२ बुधबार | ०३:१९:४८
एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने
शनिबारको दिन

क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती

काठमाडौं । अस्ट्रेलियन स्टुवार्ट ल नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ प्रशिक्षक नियुक्त भइसकेका छन् । अहिलेका लागि उनले नेपाल क्रिकेट संघ (क्यान)सँग दुई वर्षको अनुबन्ध सम्झौता गरिसकेका छन् । त्यसको अर्थ उनी सन् २०२७ सम्म नेपालमा रहनेछन् ।

स्टुवार्ट नेपाल आइसकेका छैनन् । त्यो स्थितिमा नेपालले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा नेपालले चार देशसम्मिलित ट्वान्टी-२० शृंखला खेल्यो । हङकङमा सम्पन्न शृंखलाको फाइनलमा कुवेतसँग ३ रनले पराजित हुँदा नेपाल उपाधिबाट वञ्चित भएको थियो  ।

मोन्टी देसाइको स्थान लिएका स्टुवार्ट ल अनुभवी प्रशिक्षक हुन् । नेपालमा अहिलेसम्म जति विदेशी प्रशिक्षक आएका छन, त्यसमध्ये पूर्वखेलाडीका रूपमा उनी सबैभन्दा ‘हाइप्रोफाइल’ नाम हो ।

स्टुवार्ट लमाथि सबैभन्दा ठूलो चुनौती र अभिभारा नै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु हो ।

सन् २०११ यता उनले श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज र अफगानिस्तान जस्ता टेस्ट टिमको जिम्मेवारी सम्हालिसकेका छन् । उनको पछिल्लो टिम थियो अमेरिका ।

अमेरिकाले उनकै नेतृत्वमा पछिल्लो ट्वान्टी-२० विश्वकपमा चामत्कारिक खेल प्रदर्शन गरेको थियो । नेपाली क्रिकेटले पनि उनीबाट धेरै आशा र अपेक्षा गर्नेछ ।

अमेरिकाको प्रशिक्षक रहँदा स्टुवार्ट ल । 

ललाई नेपाली क्रिकेटको वर्तमान अवस्थाबारे राम्रोसँग थाहा छ । उनका लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षण सम्हाल्नु अवसर र चुनौती दुवै हुनेछ ।

यस्ता छन् चुनौती

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु

स्टुवार्ट लमाथि सबैभन्दा ठूलो चुनौती र अभिभारा नै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु हो ।

उनी अघिका प्रशिक्षक मोन्टी देसाइको प्रशिक्षणमा नेपालले मुस्किलले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको थियो । टोलीले आइसिसी लिग २ का अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय हैसियत कायम राखेको थियो ।

आइसिसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै नेपाल । 

नेपाल अहिले फेरि त्यस्तै कमजोर अवस्थामा पुगेको छ । टोलीेले हालसम्म १२ खेल खेल्दा मात्र ६ अंक जोड्न सकेको छ । आठ टोली सहभागी लिगमा नेपाल सातौं स्थानमा छ । त्यसैले उनीसामु नेपालको एकदिवसीय मान्यता जोगाइराख्ने ठूलो चुनौती छ ।

ब्याटिङ समस्या सुधार गर्नुकमजोर ब्याटिङ नेपालको परम्परागत समस्या हो । मोन्टी देशाइ प्रशिक्षक रहँदा नेपालको ब्याटिङमा केही सुधार भएको देखिएको थियो । तर, उनले छाड्ने बेलामै नेपालको लय बिग्रिइसकेको थियो । टोली फेरि खराब लयमा छ । स्टुवार्टसामु टोलीलाई पुरानै स्थितिमा फर्काउन निकै चुनौती हुनेछ ।

एकता कायम राख्नु

यसअघि नेपालका प्रशिक्षक थिए मोन्टी देसाइ । उनी त्यस्तो बेला नेपाल आए, जतिबेला नेपाली क्रिकेट गम्भीर संकटमा थियो । समस्या कस्तो भन्दा नेपाली टिमको प्रदर्शन मैदानमा असाध्यै खराब थियो, टिममा फुट नै फुट थियो । यही स्थितिबाट देसाइले नेपाललाई सफलताको शिखरसम्म नै पुर्याए भन्दा हुन्छ ।

लले त्यो एकता कायम राख्नुपर्ने हुन्छ । उनले एकता कायम राख्दै टोलीलाई सफलताको बाटोमा लैजान सक्नुपर्छ ।

नेपाली  समर्थककाे अपेक्षा पूरा गर्न

नेपालको खेल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका समर्थक, तस्विरः क्यान । 

नेपालमा विशेषगरी युवापुस्तामा अत्यन्त धेरै क्रिकेट क्रेज देखिएको छ । अन्य क्षेत्रबाट निरास बनेका नेपाली युवाहरू क्रिकेटप्रति निकै आशावादी छन् ।

नेपाली दर्शकले फुटबल वा अन्य खेलबाट त्यति अपेक्षा नगरेका होलान्, जति क्रिकेटबाट गरेका छन् । यी अपेक्षा परिपूर्ति गर्नु पनि स्टुवार्ट लका लागि अर्को चुनौती हो ।

विगतका उपलब्धि रक्षा गर्नुपर्ने

एक दशकमा नेपाली क्रिकेट टिमले निकै धेरै उपलब्धि हासिल गरेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता, ट्वान्टी-२० विश्वकप लगायत प्रतियोगितामा नेपालले खास उपलब्धि पाएको थियो । तर, यसलाई बचाइराख्ने नेपालका लागि चुनौती छ । आफूले पाइसकेको स्थान नेपालले फेरि नगुमाओस् भन्नका लागि स्टुवार्ट ल त्यत्तिकै चनाखो हुनुपर्छ ।

उनीबाट पनि नेपाली क्रिकेटले निकै आस गरेको छ । दुई वर्षको अवधि लामो नभए पनि उनीसामु नेपालको सफल प्रशिक्षकका रूपमा आफूलाई स्थापित गराउने अवसर र चुनौती दुवै छ । 

आइसिसी विश्वकप लिग -२ मा प्रतिस्पर्धा गर्दै नेपाल र नामिबिया, तस्विरः क्यान ।