मंसिर २०, २०८२ शनिबार | १९:०७:५७
पोखराको सान्त्वना जित चितवनले दियो पोखरालाई सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ पोखराको सान्त्वना जित चितवनले दियो पोखरालाई सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म

काठमाडौं । चेल्सीको ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म । फुटबल करियरमा मोहम्मद सलाहको यो यात्रा कुनै फिल्मी कहानीभन्दा कम छैन ।

सन् २०१७ मा ३४ मिलियन पाउन्डमा रोमबाट लिभरपुल आइपुग्दा सलाहको यो रकममा समर्थकका निम्ति सन्तोषजनक थिएन । उनी चेल्सीमा प्रभाव जमाउन असफल थिए । जहाँ उनले १९ खेलपछि सहकार्यमा पूर्णविराम लगाए ।

पछिल्ला सात सिजनमा सलाहले प्रत्येक सिजन कम्तिमा २० गोल गरेका छन् । 

चेल्सीमा प्रभाव जमाउन नसके पनि उनले इटालीमा भने केही लय समाते । लोनमा फियोरेन्टिनाबाट इटालीमा करियर सुरु गरेका सलाह त्यसपछि रोमामा अनुबन्धित भए । तर, फिनिसिङले अझै लय समात्न नसक्दा उनको प्रदर्शनले चर्चा पाउन सकेन ।

चेल्सीमा रहँदा मोहम्मद सलाह । 

तर, एनफिल्डको पहिलो सिजनमै ४४ गोल गरेपछि भने सलाहले यी सबै प्रश्न र शंकालाई एकैसाथ अन्त्य गरिदिए । लगत्तै उनले नयाँ उपनाम पाए, ‘इजिप्सियिन किंग’ । सलाहको आगमनपछि लिभरपुलले ११ वर्षपछि च्याम्पियन्स लिग फाइनलसम्मको यात्रा तय गर्यो ।

उत्कृष्ट तथ्यांक

त्यसयता लिभरपुलमा बिताएका पछिल्ला सात सिजनमा सलाहले प्रत्येक सिजन कम्तिमा २० गोल गरेका छन् । यही प्रदर्शनले उनलाई लिभरपुलको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत बनाएको छ । उनले लिभरपुलबाट ३९४ खेल खेल्दा २४३ गोल गरेका छन् ।

सलाह १८४ गोलसहित प्रिमियर लिगमा पाँचौँ सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत हुन् । आगामी खेलमा गोल गरे सलाह प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने विदेशी खेलाडीसमेत बन्नेछन् ।

जारी सिजन लिभरपुलबाट ३१ खेल खेल्दा सलाहले २७ गोल र १७ असिस्टसहित गोल र असिस्टको संयुक्त संख्यालाई ४४ पुर्याइसकेका छन् ।

गोलसँगै असिस्टमा पनि सलाहको तथ्यांक लोभलाग्दो छ । प्रिमियर लिगमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडीको शीर्ष १० भित्र रहेका सलाहले ८६ असिस्ट गरेका छन् । यसले निसन्देह सलाहलाई प्रिमियर लिगमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा उभ्याएको छ ।

च्याम्पियन्स लिग ट्रफीका साथ मोहम्मद सलाह । 

प्रिमियर लिगको एकै सिजन सबैभन्दा धेरै गोल र असिस्ट गर्ने कीर्तिमान एलन सेरर र एन्डी कोलको नाममा छ । यी दुवैले एकै सिजन गरेको गोल र असिस्टको संख्या ४७ छ ।

यो कीर्तिमानमा पनि सलाहको बलियो चुनौती छ । जारी सिजन लिभरपुलबाट ३१ खेल खेल्दा सलाहले २७ गोल र १७ असिस्टसहित गोल र असिस्टको संयुक्त संख्यालाई ४४ पुर्याइसकेका छन् । सेरर र कोलको कीर्तिमान तोड्न सलाहलाई अब सात खेलमा तीन गोल वा असिस्टको आवश्यकता छ ।

सलाह ‘प्रोफेसनल फुटबलर्स एसोसियसन प्लेयर अफ दी इयर’ कीर्तिमानी तेस्रो पटक जित्ने सम्भावना उच्च छ । थिएरी हेनरीको नाममा रहेको प्रिमियर लिग गोल्डेन बुट चार पटक जित्ने कीर्तिमानमा पनि सालाहले यो वर्ष बराबरी गर्न सक्छन् ।

इजिप्टमा सलाहको प्रभाव क्लबकोभन्दा पनि बलियो छ । तर, उनले अझैसम्म कुनै ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा इजिप्टलाई उपाधि दिलाउन सकेका छैनन् ।

तर, सलाह आफै भने व्यक्तिगतभन्दा पनि टिमको उपाधि जित्ने चाहना रहेको सुनाउँछन् । ‘टिमले कुनै उपाधि जित्दा खेलाडीले गोल गरेको छ, गोलमा सहयोगरेको छ वा जितमा संलग्न छ भने मात्रै समर्थकले स्मरण गर्नेछन्,’ सालाहले भने, टिमले कुनै उपाधि नजित्दा व्यक्तिगत अवार्ड पाउनुले कुनै अर्थ राख्दैन ।’

लिभरपुलसँगको साझौता नवीकरण गर्दै मोहम्मद सलाह । 

सलाहको करियरमा दोस्रो प्रिमियर लिगको उपाधि धेरै पर छैन । उनले यसअघि नै लिभरपुलबाट च्याम्पियन्स लिग, एफए कप, दुई पटक लिग कप, फिफा विश्वकप र युइएफए सुपर कपको उपाधि जितिसकेका छन् ।

इजिप्टमा सलाहको प्रभाव क्लबकोभन्दा पनि बलियो छ । तर, उनले अझैसम्म कुनै ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा इजिप्टलाई उपाधि दिलाउन सकेका छैनन् । उनी दुई पटक अफ्रिकी कप अफ नेसन्सको फाइनलमा पुगेर पनि उपाधिबाट चुकिसकेका छन् ।

सन् २०१७ मा यस प्रतियोगिताको फाइनलमा इजिप्ट क्यामरुनसँग २-१ ले पराजित भयो । यस्तै, २०२२ मा पनि सलाहको टोलीले फाइनलमा सेनेगलसँगको पेनाल्टी सुटआउटमा निरासा बेहोर्यो ।

इजिप्टबाट ५८ गोल गरिसकेका सलाह देशको कीर्तिमानी गोलस्कोरर बन्न नौ गोलमात्र पछि छन् ।

त्यो समय लिभरपुलका दुई सुपरस्टार सहकर्मीको भिडन्तमा, साडियो मानेले निर्णायक पेनाल्टी हाने । जसले अन्तिममा पेनाल्टी प्रहार गर्ने सालाहको योजनालाई विफल बनायो ।

विश्वकपमा पनि उनको प्रभाव अझ सीमित रह्यो । सन् २०१८ को विश्वकपमा लामो चोटपछि मैदानमा फर्किए पनि, च्याम्पियन्स लिगमा सर्जियो रामोसको ट्याकलले उनको उपस्थितीलाई बलियो बन्न दिएन ।

इजिप्टको जर्सीमा मोहम्मद सलाह । 

त्यसको चार वर्षपछि, इजिप्ट कतारमा आयोजना भएको २०२२ विश्वकपमा पुग्नसमेत असफल रह्यो । जतिबेला फेरि सेनेगलसँगको पेनाल्टी सुटआउटमा हार्दा सलाहले आफ्नो पेनाल्टी चुकाए ।

यद्यपि, उनले निकट भविष्यमा आफ्नो कीर्तिमान सुधार्ने अवसर पाउने सम्भावना छ । डिसेम्बर र जनवरीमा मोरोक्कोमा हुने एफकोन, अनि २०२६ मा आयोजना हुने विस्तारित विश्वकपमा उनलाई अवसर छ । इजिप्टबाट ५८ गोल गरिसकेका सलाह देशको कीर्तिमानी गोलस्कोरर बन्न नौ गोलमात्र पछि छन् ।