फाल्गुन १९, २०८२ मंगलबार | १२:४२:०८
खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का
शनिबारको दिन

कहाँ गयो स्टार रोहितको लय ?

काठमाडौं । जति पनि क्रिकेट प्रशंसक छन्, तिनीहरूको दिनचर्या आजभोलि बेलुका भयो कि इन्डियन प्रिमियर लिग (आइपिएल) मा झुम्मिने गरेको  हुनुपर्छ । त्यसो त यही बेला पाकिस्तानमा पाकिस्तानी सुपर लिग (पिसिएल) चलिरहेको छ । त्यसैले चर्चा के छ भने स्तरको आधारमा आइपिएल अगाडि कि पिसिएल भन्ने छ ।

सबैलाई यसको उत्तर पनि थाहा छ, तर केहीलाई आइपिएलको आलोचना गर्दैमा फुर्सद भने हुने गर्दैन । यो सबैलाई छाडेर अहिले चर्चा गर्न लागेको विषय भने भारतीय स्टार रोहित शर्माको लयबारे हो । यी धुरन्धुर ओपनर अहिले असाध्यै खराव लयमा छन् । त्यो पनि अहिले होइन, तीन वर्ष जति भयो । उनले न भारतीय टोलीका लागि राम्रो गर्न सकेका छन् न त आफ्नो टोली मुम्बई इन्डियन्सकै लागि ।

अभ्यासका क्रममा रोहित शर्मा (बीच) ।

यसै कारण उनले मुम्बईको कप्तानी पनि गुमाइसके । तर अझै भारतीय ‘ह्वाइट बल’ टिमको कप्तान भने छन् । यसपल्टको आइपिएलमा उनले ६ इनिङ्समा ८२ रन बनाएका छन् । विश्वास नहुन सक्छ, उनको १३.६६ प्रतिशतको औसत छ । भर्खरै सनराइज हैदराबादविरुद्धको खेलमा उनले १६ बलमा २६ रन बनाएका थिए ।

 रोहित आइपिएलका पछिल्ला ११ सिजन मुम्बईका कप्तान थिए । यसक्रममा टिमले पाँचपल्ट उपाधि जितेको छ । 

यो नै उनको यसपालि अहिलेसम्मको उच्च व्यक्तिगत स्कोर हो । यसक्रममा उनले के अलिकति राम्रो खेल्न थालेका थिए प्याट कमिन्सको बलमा निकै नरम ढंगले आउट भए । रोहितको प्रदर्शन जस्तै मुम्बईको आफ्नै प्रदर्शन पनि समग्रमा कमजोर बनिरहेको छ । पोहोर सिजन चुत्था साबित भएको मुम्बई यसपल्ट पनि संघर्षरत छ ।

आइपिएलमा सनराइजर्स हैदराबादविरुद्ध ब्याटिङ गर्दै रोहित शर्मा । 

त्यसैले त तीन जितसँगै मुम्बई अंकतालिकाको सातौं स्थानमा छ । टोली प्लेअफका लागि छनोट हुने कुनै सुरसार छैन । अचम्म त के छ भने उनको व्यक्तिगत प्रदर्शन जस्तै होस, भारतले उनकै नेतृत्वमा ट्वान्टी-२० विश्वकप भने जितेको छ । यो भयो सन् २०२४ मा । गत महिना जस्तै मात्र हो, भारतले च्याम्पियन्स ट्रफी पनि जितेको ।

सबै खेलाडीले के बुझ्नुपर्छ भने एक दिन त्यस्तो स्थिति आउन सक्छ, जतिबेला खेलले खेलाडीलाई किनारा लगाउन खोज्छ ।

अझ सबैभन्दा उल्लेखनीय तथ्य त के छ भने रोहित आइपिएलका पछिल्ला ११ सिजन मुम्बईका कप्तान थिए । यसक्रममा टिमले पाँचपल्ट उपाधि जितेको छ । यस्तोमा एउटा प्रश्न उठ्छ, के व्यक्तिगत प्रदर्शन र टिमको सफलतालाई एकै ठाउँमा राखेर हेर्नुपर्छ वा फरक फरक ? यसमा जति मुख, उति फरक धारणा छ ।

एउटा तथ्य निश्चित पनि छ अब कम्तीमा रोहितको खेलजीवन धेरै लामो जाने छैन । उनी आफैं पनि ३७ वर्षका भइसके । त्यसैले संन्यासको समय धेरै पछाडि छैन । जति जति बेला उनको लय र संन्यासबारे प्रश्न सोध्ने गरिन्छ, रोहित असाध्यै रुखो उत्तर दिने गर्छन् । प्रश्न सोध्नेलाई उडाउन पनि पछि पर्दैनन् ।

भारतीय क्रिकेट समर्थक र रोहितकै प्रशंसकलाई पनि के लाग्छ भने उनले यसरी आफ्नो खेलजीवन लम्ब्याउनुहुन्न । उनी विश्वस्तरीय खेलाडी हुन्, यसमा कसलाई शंका छ र ? तर सबै राम्रा खेलाडीले राम्रै अन्त्य पाउँछ भन्ने पनि छैन । सबै खेलाडीले के बुझ्नुपर्छ भने एक दिन त्यस्तो स्थिति आउन सक्छ, जतिबेला खेलले खेलाडीलाई किनारा लगाउन खोज्छ ।

 आइसिसी च्याम्पियन्स ट्रफी र ट्वान्टी-२० विश्वकपको उपाधिका साथ रोहित शर्मा ।