वैशाख २, २०८२ मंगलबार | १८:५६:५७
आर्मी उपविजेता टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने गोर्खाली रग्बी लगातार दोस्रो पटक च्याम्पियन अन्तर्राष्ट्रिय तथा पारा जुडो च्याम्पियनसिप बुधबारदेखि हुने अग्रता फराकिलो बनाउँदै प्लानिङ ब्वाइज एडम जाम्पाले आइपिएलका बाँकी खेल गुमाउने लुका मोड्रिक बने स्वान्सी सिटी एफसीको सह-मालिक पञ्जावलाई कोलकाताको चुनौती अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा गोर्खाली रग्बी आर्मी उपविजेता टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने गोर्खाली रग्बी लगातार दोस्रो पटक च्याम्पियन अन्तर्राष्ट्रिय तथा पारा जुडो च्याम्पियनसिप बुधबारदेखि हुने अग्रता फराकिलो बनाउँदै प्लानिङ ब्वाइज एडम जाम्पाले आइपिएलका बाँकी खेल गुमाउने लुका मोड्रिक बने स्वान्सी सिटी एफसीको सह-मालिक पञ्जावलाई कोलकाताको चुनौती अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा गोर्खाली रग्बी

लयमा फर्कियो लिभरपुल, टाेटनहम पराजित, हारबाट जाेगियाे चेल्सी

गोल गरेपछि खुसी मनाउँदै लिभरपुलका खेलाडीहरु ।

काठमाडौं । शीर्ष टोली लिभरपुलले इङ्लिस प्रिमियर लिगमा अघिल्लो साता भोगेको हारबाट पुनरागमन जनाउने क्रममा आइतबार वेस्ट ह्याम युनाइटेडमाथि २-१ को जित हासिल गरेको छ ।

गत साता फुलह्यामविरुद्धको अवे खेलमा लिभरपुल ३-२ ले पराजित भएको थियो । आइतबार घरेलु मैदानमा समय सकिनै लाग्दा सेन्ट्रल रक्षक भर्जिल भान डाइकले निर्णायक गोल गरेपछि लिभरपुलले २-१ को जित हासिल गर्यो । एलेक्सिस म्याक एलिस्टरको एसिस्टलाई भान डाइकले गोलमा परिणत गरेका थिए ।

मोहम्मद सालाहको पासलाई लुइस डियाजले १८ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । तर ८६ औं मिनेटमा एण्डी रोबर्टसनबाट आत्मघाती गोल गरेपछि वेस्ट ह्यामले खेल बराबरीमा ल्याएको थियो ।

जहाँ समय सकिन एक मिनेट बाँकी रहँदा भान डाइकले ओभरल्यापमा गएर शीर्ष टोलीका लागि निर्णायक गोल गरेका थिए ।

जितपछि शीर्ष स्थानको लिभरपुलले ३२ खेलमा २३ जितका साथ ७६ अंक जोडेको छ । दोस्रो स्थानको आर्सनलको खातामा ६३ अंक छ । पराजित वेस्ट ह्याम ३५ अंकका साथ १७ औं स्थानमा सीमित छ । टोली रेलिगेसन क्षेत्रभन्दा १४ अंकले माथि छ ।

प्रिमियर लिगकै अर्को खेलमा रेलिगेसन क्षेत्रको इप्सविच टाउनले शीर्ष चारको दाबेदार चेल्सीसँग आइतबारै २-२ को बराबरी नतिजा निकालेको छ ।

चेल्सीका फरवार्ड जोडन सान्चो गोल गरेपछि । 

पहिलो हाफमा २-० को अग्रता लिए पनि इप्सविचले त्यसलाई अन्तिमसम्म कायम राख्न सकेन । जुलियो इन्सिसो र बेन जोन्सनले गोल गरेपछि इप्सविच स्टामफोर्ड ब्रिजमा खेल ३१ औं मिनेटमा चलिरहँदा २-० ले अगाडि बढिसकेको थियो ।

दोस्रो हाफमा चेल्सीले खेलमा पुनरागमन जनायो । इप्सविचका एक्सेल तुआन्जेबेले मध्यान्तरपछिको पहिलो मिनेटमै आत्मघाती गोल गरेपछि चेल्सीले पुनरागमनको संकेत गरेको थियो । जहाँ कोल पाल्मरको पासलाई जाडेन सान्चोले समय सकिन ११ मिनेट बाँकी रहँदा चेल्सीका लागि बराबरी गोल गरे । तथापि चेल्सीलाई पुनरागमन जनाउनका लागि यो प्रयास पर्याप्त भएन ।

अंक बाँढेपछि शीर्ष चारमा उक्लिने चेल्सीको लक्ष्य पूरा हुन सकेन । टोली ३२ खेलमा ५४ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । तर चौथो स्थानको म्यानचेस्टर सिटीको खातामा ५५ अंक छ ।

इप्सविच भने ३२ खेलमा २१ अंकका साथ रेलिगेसन क्षेत्रमा कायम छ ।

प्रिमियर लिगमा आइतबारै सम्पन्न अर्को खेलमा उल्भसले टोटनहममाथि ४-२ को जित निकाल्यो । रायन एइट नुरीको गोलमा दोस्रो मिनेटमै अघि बढेको घरेलु टोली उल्भ्सलाई टोटनहमका डिजेड स्पेन्सले ३८ औं मिनेटमा आत्मघाती गोलको उपहार दिए ।

पहिलो हाफमा दुई गोलले पछि परे पनि टोटनहमका लागि माथियास टेलले ५९ औं मिनेटमा पुनरागमनको प्रयासस्वरुप एक गोल फर्काए । तर ६४ औं मिनेटमा योर्गेन स्ट्रान्ड लार्सनले उल्भसका लागि तेस्रो गोल गरे ।

गोलको र्याली चलेको खेलमा समय सकिन पाँच मिनेट बाँकी रहँदा रिचार्लिसनले टोटनहमका लागि दोस्रो गोल गरे । तर एक मिनेटपछि म्याथुज कुन्हाले उल्भ्सका लागि चौथो गोल गर्दै तीन अंक पक्का गरे ।

जितपछि उल्भ्स ३५ अंकका साथ अंकतालिकाको १६औं स्थानमा उक्लिँदा टोटनहम भने ३७ अंकका साथ १५औं स्थानमा यथावत छ ।  


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan