चैत्र ३, २०८२ मंगलबार | १०:३६:२०
विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ

गोर्खाली रग्बी लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ५५-० को एकतर्फी जित निकाल्दै गोर्खाली रग्बी क्लबले लगातार दोस्रो पटक राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपको उपाधि जितेको छ ।

च्यासल रंगशालामा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा गोर्खाली सुरुआतदेखि नै आक्रमक बनेको थियो ।

पहिलो हाफमा ४० अंकको अग्रता लिएको गोर्खालीले दोस्रो हाफमा १५ अंक थप्यो । गाेर्खालीले तीन खेलमा ९ अंक जोड्यो । 

अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले यसअघि एपिएफलाई १४-१२ र आर्मीलाई ३०-१० ले पराजित गरेको थियो ।

यता पुलिस भने प्रतियोगितामा जितविहिन रह्यो । यसअघि पुलिसले आर्मीसँग ४९-३ तथा एपिएफसँग ७८-० को हार बेहोरेको थियो ।

मंगलबारै हुने अर्को खेलमा दुई विभागीय टोली आर्मी र एपिएफ प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेताले दोस्रो स्थानमा रहँदै प्रतियोगिता सक्काउने छ ।

उपाधिसँगै गोर्खालीले २ लाख २२ हजार २२२ रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने