माघ १८, २०८२ आइतबार | ००:०३:२८
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज

काठमाडौं ।  टुसाल युथ क्लबविरुद्ध ४-१ को सहज जित निकाल्दै वीरगन्ज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा छ ।

जितसँगै वीरगन्जले ६ खेलमा ११ अंक जोडेको छ । पराजित टुसाल समान खेलबाट ६ अंकका साथ ११औं स्थानमा छ ।

चर्च ब्वाइज युनियन १८ अंकका साथ शीर्ष स्थानमा छ। नयाँबस्ती युथ क्लब र अन्नपूर्ण क्लब (आरसिटी) रेलिगेसन क्षेत्रमा छन् । उनीहरूले क्रमशः पाँच र चार अंक जोडेका छन् ।

मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा वीरगन्जलाई जित दिलाउन विकासदास थारुले दुई तथा विक्रम थोकर र विवेक चौधरीले समान एक गोल गरे । टुसालका लागि दिपेश लिम्बुले गोल गरे ।

खेलको १०औं मिनेटमा विकासको गोलमार्फत वीरगन्जले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा विक्रमले टोलीको अग्रता दोब्बर बनाए ।

विवेकले ५५औं मिनेटमा गोल गर्दा वीरगन्जको अग्रता ३-० मा पुग्यो । खेलको इन्जुरी समयमा विकासले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

इन्जुरी समयमै दिपेशले गरेको गोल टुसालका लागि सान्त्वना बन्यो ।

मंगलबारै सम्पन्न खेलमा प्लानिङ ब्वाइजले आरसिटीविरुद्ध १-० को कठिन जित दर्ता गरेको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।