चैत्र १२, २०८२ बिहीबार | २३:०९:५४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज

काठमाडौं ।  टुसाल युथ क्लबविरुद्ध ४-१ को सहज जित निकाल्दै वीरगन्ज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा छ ।

जितसँगै वीरगन्जले ६ खेलमा ११ अंक जोडेको छ । पराजित टुसाल समान खेलबाट ६ अंकका साथ ११औं स्थानमा छ ।

चर्च ब्वाइज युनियन १८ अंकका साथ शीर्ष स्थानमा छ। नयाँबस्ती युथ क्लब र अन्नपूर्ण क्लब (आरसिटी) रेलिगेसन क्षेत्रमा छन् । उनीहरूले क्रमशः पाँच र चार अंक जोडेका छन् ।

मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा वीरगन्जलाई जित दिलाउन विकासदास थारुले दुई तथा विक्रम थोकर र विवेक चौधरीले समान एक गोल गरे । टुसालका लागि दिपेश लिम्बुले गोल गरे ।

खेलको १०औं मिनेटमा विकासको गोलमार्फत वीरगन्जले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा विक्रमले टोलीको अग्रता दोब्बर बनाए ।

विवेकले ५५औं मिनेटमा गोल गर्दा वीरगन्जको अग्रता ३-० मा पुग्यो । खेलको इन्जुरी समयमा विकासले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

इन्जुरी समयमै दिपेशले गरेको गोल टुसालका लागि सान्त्वना बन्यो ।

मंगलबारै सम्पन्न खेलमा प्लानिङ ब्वाइजले आरसिटीविरुद्ध १-० को कठिन जित दर्ता गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो