वैशाख ८, २०८२ सोमबार | १६:४१:०८
एपिएफबाट अञ्जनाको डेब्यू एन्फा राजनीतिको चपेटामा खेलाडी श्री कुमारीको रोमाञ्चक जित महिला फुटबल टिमको प्रशिक्षकका लागि एन्फाले खुलायो आवदेन एपिएफ र कर्णाली प्रतिस्पर्धा गर्दै कोलकाता र गुजरात भिड्दै पहिलो लेगमा बार्सिलोनाको सहज जित लिग लिडर इन्टर मिलान पराजित लिभरपुलको जितमा अर्नोल्डको निर्णायक गोल रियालको कठिन जित एपिएफबाट अञ्जनाको डेब्यू एन्फा राजनीतिको चपेटामा खेलाडी श्री कुमारीको रोमाञ्चक जित महिला फुटबल टिमको प्रशिक्षकका लागि एन्फाले खुलायो आवदेन एपिएफ र कर्णाली प्रतिस्पर्धा गर्दै कोलकाता र गुजरात भिड्दै पहिलो लेगमा बार्सिलोनाको सहज जित लिग लिडर इन्टर मिलान पराजित लिभरपुलको जितमा अर्नोल्डको निर्णायक गोल रियालको कठिन जित

जित्नै पर्ने दबाबमा पोखरा थन्डर्स

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार पोखरा थन्डर्सले बुटवल लुम्बिनीको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साझ ६ बजे सुरु हुनेछ ।

लिग चरणको अन्तिम खेल खेल्दै गरेको पोखरालाई बुटवल लुम्बिनीविरुद्ध जित्नै पर्ने दबाब छ । ‘गर या मर’ स्थितिमा रहेको पोखराले तीन अंक जोडेको अवस्थामा प्लेअफ सम्भावना बलियो बनाउनेछ । यदि प्लेअफबाट बाहिरिसकेको बुटवल लुम्बिनीसँग पराजित भएमा पोखरा पनि लिग चरणबाटै घर फर्कनेछ ।

तालिकामा समान पाँच खेलबाट ५ अंकसहित पोखरा पाँचौं स्थानमा छ । समिर तामाङ मार्की रहेको पोखराले जितेको अवस्थामा काठमाडौंलाई गोलअन्तरमा पछि पार्दै तेस्रो स्थानमा उक्लने छ ।

प्रशिक्षक सुमन श्रेष्ठको योजना पनि अन्तिम खेलमा बुटवल लुम्बिनीविरुद्ध जित निकाल्दै प्लेअफको ढोका खोल्ने छ । पोखरामा मार्की समिरसँगै स्टेफन समिर बिनोङ, जोइ आइडू, सुदिल राई, आयुष घलान, सुरज जिउ ठकुरी, पदम भट्टराई जस्ता खेलाडी छन् ।

यता, बुटवल लुम्बिनीका भुटानका प्रशिक्षक पुष्पलाल शर्मा पनि अन्तिम खेल सुखद् बनाउने योजनामा छन् । मनिष डांगी मार्की रहेको बुटवलले खेलेको पाँच मध्ये चार खेल हारेको छ । एक खेलमा अंक बाढेको हो ।

लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै साविक विजेता ललितपुर र उपविजेता धनगढीले प्लेअफमा स्थान बनाइसकेका छन् । अब, प्लेअफमा दुई स्थानको लागि चार क्लबको प्रतिस्पर्धा छ । 
 


भिडियो
HIGHLIGHTS - RAUTAHAT DFA VS BANKE DFA Lumbini Cup women's international invitation Football
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - NPC VS SPC II Lumbini Cup women's international invitation Football
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football