चैत्र ८, २०८२ आइतबार | ०१:३८:४२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला

बाँके । नेपालगन्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला सम्पन्न भएको छ । नेपालगन्ज रंगशालामा हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई लक्षित गरी गरिएको कार्यशाला खेलकुद पत्रकार मञ्च बाँकेको आयोजना तथा अन्तराल नेपालगन्जको सहकार्यमा गरिएको हो ।

कार्यक्रममा फुटबल रिपोर्टिङ र लेखनका विषयमा एसियाली खेलकुद पत्रकार संघका कोषाध्यक्ष तथा बिबिसी संवाददाता निरञ्जन राजवंशी, खेल र न्यु मिडियाका बारेमा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष एंव खेलाडी डटकमका प्रवन्ध सम्पादक अजय फूयाल, खेल र प्रविधिका विषयमा नेपाल खेलकुद पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष निरञ्जन अधिकारी तथा खेल फोटो पत्रकारिता र मोबाइल पत्रकारिताका विषयमा फोटो जर्नालिस्ट क्लबका पूर्व अध्यक्ष विकास कार्कीले सहजीकरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा ३०  भन्दा बढि पत्रकारको सहभागिता थियो । प्रतियोगिताका मिडिया संयोजक निरज गौतमले लुम्बिनी कपको प्रचार प्रसारको विषयमा जानकारी दिए ।

कार्यक्रममा अन्तरालको आयोजनामा शुक्रबारबाट हुन लागेको महिला फुटबल प्रतियोगिताको रिपोर्टिङका विषयमा चर्चा गरिएको थियो । प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम फुटबल संघसँग प्रतिस्धर्धा गर्नेछ । 

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजकले बताएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो