माघ १७, २०८२ शनिबार | २१:११:२७
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला

बाँके । नेपालगन्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला सम्पन्न भएको छ । नेपालगन्ज रंगशालामा हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई लक्षित गरी गरिएको कार्यशाला खेलकुद पत्रकार मञ्च बाँकेको आयोजना तथा अन्तराल नेपालगन्जको सहकार्यमा गरिएको हो ।

कार्यक्रममा फुटबल रिपोर्टिङ र लेखनका विषयमा एसियाली खेलकुद पत्रकार संघका कोषाध्यक्ष तथा बिबिसी संवाददाता निरञ्जन राजवंशी, खेल र न्यु मिडियाका बारेमा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष एंव खेलाडी डटकमका प्रवन्ध सम्पादक अजय फूयाल, खेल र प्रविधिका विषयमा नेपाल खेलकुद पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष निरञ्जन अधिकारी तथा खेल फोटो पत्रकारिता र मोबाइल पत्रकारिताका विषयमा फोटो जर्नालिस्ट क्लबका पूर्व अध्यक्ष विकास कार्कीले सहजीकरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा ३०  भन्दा बढि पत्रकारको सहभागिता थियो । प्रतियोगिताका मिडिया संयोजक निरज गौतमले लुम्बिनी कपको प्रचार प्रसारको विषयमा जानकारी दिए ।

कार्यक्रममा अन्तरालको आयोजनामा शुक्रबारबाट हुन लागेको महिला फुटबल प्रतियोगिताको रिपोर्टिङका विषयमा चर्चा गरिएको थियो । प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम फुटबल संघसँग प्रतिस्धर्धा गर्नेछ । 

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजकले बताएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।