काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित भएको छ । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका दौरान नेपाल आउने जाकारी दिइएको थियो ।
एनएसएलको आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार स्वस्थ अवस्थाका कारण कर्लोस नेपाल आउन नसक्ने जानकारी दियो । उनी शुक्रबार नेपाल आउने तालिका थियो ।
कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ । ५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । उनीले सन् २००२ को फिफा विश्वकप जितेका थिए ।
उनले ब्राजिलका १२५ खेलमा १० गोल गरेका छन् । व्यवसायीक करियरमा अधिकांश समय स्पेनिस क्लब रियाल मड्रिडमा बिताएका कार्लोसले इन्टर मिलान, फेनरबाख जस्ता क्लबको जर्सी पनि लगाएका छन् । उनले पछिल्लो सन् २०१६ मा दिल्ली डायनामोबाट इन्डियन सुपर लिग खेलेका थिए ।