चैत्र १८, २०८२ बुधबार | १०:१०:१४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्नो निर्वाचनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले मान्यता दिएको दाबी गरेको छ ।

आइओसीले नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई सम्बोधन गरेर बिहीबार पठाएको पत्र‌को आधारमा एनओसीले यस्तो दाबी गरेको हो ।

गत पुस १३ गते अनलाइनमार्फत गरिएको एनओसीको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । एनओसीका महासचिव राजीव श्रेष्ठले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै आइओसीले आधिकारिकाता दिएको जनाएका छन् ।

आइओसीका एनओसी सम्बन्ध, ओलम्पिक एकता र ओलम्पिज्म ३६५ का निर्देशक जेम्स म्याक्लोडकाे हस्ताक्षर गरेकाे पत्रमा नवनिर्वाचित एनओसी नेतृत्वलाई समावेशी र एकताबद्ध रूपमा सबै सदस्यहरूसँग सहकार्य गर्न र सम्बन्धित सरकारी निकायहरूसँग ओलम्पिक चार्टर अनुसार पारस्परिक समझदारी, सम्मान र विश्वासका साथ सुमधुर सम्बन्ध पुनर्स्थापित गर्न आग्रह पनि गरिएको छ ।

एनओसी महासचिव राजीव श्रेष्ठले जारी गरेको प्रेश विज्ञप्ति ।
आइओसीले पठाएको पत्र ।

भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो