माघ १८, २०८२ आइतबार | ११:३१:५५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्धबाट अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापा फुकुवा भएको पुष्टि भएको छ ।

२०१५ अप्रिल १६ मा फिफाबाट प्रतिबन्धित भएका थापामाथिको प्रतिबन्ध गएको यही बैशाख २ गते अप्रिल १५ मा सकिएको उनले प्रेस विज्ञप्तिमार्फत बिहान जनाएका थिए । थापामाथि प्रतिबन्ध लगाएको फिफाले पनि उनको प्रतिबन्धकाल सकिएको पुष्टी गरेको छ ।

खेलाडी डटकमको जिज्ञासामा फिफाको मिडिया कार्यालयले भन्यो, ‘गणेश थापाको प्रतिबन्ध अप्रिल १६ मा समाप्त भएको छ । ’

प्रतिबन्धकालमा थापा कुनै पनि खालको संगठित फुटबलमा संलग्न हुन पाउँदैनथे । अब सबैखो निलम्बनबाट फुकुवा भएका छन् ।

प्रतिबन्धको १० वर्षे समयलाई अत्यन्तै चुनौतीपूर्ण रहेको बताउँदै थापाले त्यस अवधिमा आफूलाई साथ दिनेहरुप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै नेपाली फुटबलको विकास र विस्तारमा सधै लागिरहने उनले बिहीबार बिहान प्रेस विज्ञप्तिमार्फत भनेका थिए ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान थापाले एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ)को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष, फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।