चैत्र ७, २०८२ शनिबार | ००:४५:४६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै

फाइल तस्वीर

काठमाडौं । अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबलको उद्घाटन खेलमा शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश फुटबल संघबीच प्रतिस्पर्धा हुँदैछ । बाँकेस्थित नेपालगन्ज रंगशालामा हुने खेल दिउँसो ४ बजे हुनेछ ।

आर्मी पछिल्ला दुई मोफसल प्रतियोगिताको उपविजेता टोली हो । गत वर्षको फागुन अन्तिम साता इलाममा भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप र चैत महिनामा चितवनमा भएको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा आर्मीले फाइनल खेलेको थियो ।

उपाधिको लक्ष्य बोकेको आर्मी पहिलो पटक आफ्ना तीन प्रमुख खेलाडीविना मैदान उत्रिँदैछ । नियमित गोलकिपर अञ्जना रानामगर दुई साताअघि मात्र आर्मीको जिम्मेवारीलाई बिट मार्दै अर्को विभागीय टोली एपिएफ क्लबमा प्रस्थान गरेकी थिइन् । त्यस्तै मिडफिल्डर दीपा शाही चोटका कारण मैदान बाहिर रहँदा फरवार्ड अमिषा कार्की सह–सेनानीको तालिममा व्यस्त छिन् ।

गत वर्षको पुसमा सम्पन्न राष्ट्रिय महिला लिग र पछिल्ला दुई मोफसल प्रतियोगितामा आर्मीको नेतृत्व गरेका मुख्य प्रशिक्षक कृष्ण सिंह ठगुन्ना यसपाली जिम्मेवारीमा छैनन् । टोली चक्र तामाङको नेतृत्वमा छ ।

सुदूरपश्चिम राष्ट्रिय लिगपछि पुनरागमन गर्दैछ ।

आठ टोलीको सहभागिता रहने प्रतियोगितामा घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजकले बताएको छ ।

खेलको प्रत्यक्ष प्रशारण खेलाडी डटकमको युट्युब च्यानल र फेसबुक पेजबाट हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो