काठमाडौं । रियाल मड्रिड र क्रोएसियाका मिडफिल्डर लुका मोड्रिक च्याम्पियनसिप टोली स्वान्सी सिटी एफसीका सह-मालिक बनेका छन् ।
मोड्रिक एन्डी कोलम्यान, ब्रेट क्राभ्याट, निगेल मोरिस र जेसन कोहेनको समूहमा सामेल भएका हुन् । यो समूहले गत नोभेम्बरमा मालिक जेसन लेभियन र स्टिव कप्लानको केही प्रतिशत शेयर खरिद गरेको थियो ।
मोड्रिकले कति लगानी गरेका छन् भन्ने खुलाइएको छैन ।
‘यो एक अवसर र चुनौती दुवै हो। मलाई विश्वास छ क्लबलाई मेरो अनुभव प्रदान गर्न सक्छु। मेरो लक्ष्य क्लबको विकासलाई सकारात्मक तरिकाले समर्थन गर्नु र सुन्दर भविष्य निर्माणका लागि मद्दत गर्नु हो,’ मोड्रिकले भने ।
स्वान्सी सिटीले पछिल्लो पटक सन् २०११-१२ देखि २०१७-१८ को सिजनसम्म इङ्लिस प्रिमियर लिग खेलेको थियो ।
भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan