वैशाख ८, २०८२ सोमबार | १६:३३:१७
एपिएफबाट अञ्जनाको डेब्यू एन्फा राजनतिको चपेटामा खेलाडी श्री कुमारीको रोमाञ्चक जित महिला फुटबल टिमको प्रशिक्षकका लागि एन्फाले खुलायो आवदेन एपिएफ र कर्णाली प्रतिस्पर्धा गर्दै कोलकाता र गुजरात भिड्दै पहिलो लेगमा बार्सिलोनाको सहज जित लिग लिडर इन्टर मिलान पराजित लिभरपुलको जितमा अर्नोल्डको निर्णायक गोल रियालको कठिन जित एपिएफबाट अञ्जनाको डेब्यू एन्फा राजनतिको चपेटामा खेलाडी श्री कुमारीको रोमाञ्चक जित महिला फुटबल टिमको प्रशिक्षकका लागि एन्फाले खुलायो आवदेन एपिएफ र कर्णाली प्रतिस्पर्धा गर्दै कोलकाता र गुजरात भिड्दै पहिलो लेगमा बार्सिलोनाको सहज जित लिग लिडर इन्टर मिलान पराजित लिभरपुलको जितमा अर्नोल्डको निर्णायक गोल रियालको कठिन जित

नेपालको विजयी यात्रा जारी

काठमाडौं ।  नेपालले आइसिसी यु -१९ विश्वकप एसिया छनोटमा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ । 

बुधबार नेपालले मुलपानी क्रिकेट मैदान (तल्लो) मा हङकङविरुद्ध ९ विकेटको सानदार जित निकाल्यो  ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिएको छ । यसअघि नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो ।

लगतार दोस्रो हार बेहोरेको हङकङ अंकविहिन छ । हङकङ पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएको थियो । 

हङकङले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले १२.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि साहिल पटेलले अविजित ४२, कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाए ।

साहिलले दोस्रो विकेटका लागि नरेनसँग अविजित ६३ र पहिलो विकेटका लागि निरजसँग ५५ रनको साझेदारी गरेका थिए ।

हङकङका लागि एकमात्र विकेट सायन पुरीले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेकाे थियाे । 

हङकङका लागि कप्तान शिव माथुरले ११६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन बनाए । 

दोस्रो विकेटका लागि शिव र आर्याले ५० रनको साझेदारी गरेका थिए । नेपालका लागि युवराज खत्रीले चार, विपिनप्रसाद शर्माले तीन सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिए । 

 नेपालले अब अन्तिम खेलमा शनिबार अफगानिस्तानकाे सामना गर्नेछ । 


भिडियो
HIGHLIGHTS - RAUTAHAT DFA VS BANKE DFA Lumbini Cup women's international invitation Football
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - NPC VS SPC II Lumbini Cup women's international invitation Football
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football