वैशाख ६, २०८२ शनिबार | १६:४५:३१
वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन

गण्डकी हिरोज च्याम्पियन

पोखरा ।  क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) काठमाडौंविरुद्ध पाँच विकेटको जित निकाल्दै गण्डकी हिरोज केपी ओली कप ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालाकाे क्रिकेट मैदानमा शुक्रबार भएको फाइननलमा सिइसीले प्रस्तुत गरेको १८३ रनको लक्ष्य गण्डकीले १७.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । 

गण्डकीका लागि किरण ठगुन्नाले २६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी सुजन थपलियाले ३५, बसन्त कार्कीले अविजित २७, दीपक डुम्रेले २६,  सकिब हकले २४ र नारायण जोशीले अविजित १३ रन बनाए । 

सिइसीका लागि दीपेन्द्र रावतले तीन तथा मनोज यादव र सूर्य तामाङले समान एक विकेट लिए । 
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिइसीले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो ।

सिइसीका लागि अर्जुन घर्तीले ३४ बलमा ६ चौका र चार चौकाको मद्दतले सर्वाधिक ६८ रनको यागदान गरे । यसैगरी पृथु बास्कोटाले २९ बलमा सात चौका र दुई छक्कासहित ५० र शिभम तिवारीले २३ रन बनाए ।

पाँचौं विकेटका लागि अर्जुन र शिभमले ७० रनको साझेदारी गरे । गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान तीन तथा मिलन बोहरा र कप्तान विपिन खत्रीले समान दुई विकेट लिए । 

च्याम्पियन गण्डकीले १० लाख उपविजेता सिइसीले ५ लाख रुपैयाँ प्राप्त गरे । 

सिइसीका दीपेन्द्र रावत सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । अत्तरिया क्रिकेट क्लब विपिन रावल  उत्कष्ट ब्याटर र लुम्बिनी खुकुरी क्रिकेट क्लबका अजयकुमार चौहान उत्कृष्ट बल चुनिए । उनीहरूले जनही २० हजार रुपैयाँ हात पारे ।  


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC