चैत्र १८, २०८२ बुधबार | ११:३७:१२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

विजय खड्का सर्वोत्कृष्ट खेलाडी

काठमाडौं ।  गोर्खाली रग्बी क्लबका विजय खड्का राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपको सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । उनले र १५ हजार रुपैयाँ प्राप्त गरे ।

विजयीले मंगलबार सम्पन्न प्रतियोगितामा गोर्खालीलाई लगातार दोस्रो पटक च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

मंगलबार लिग चरणको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ५५-० को एकतर्फी जित दर्ता गरेको थियो । यसैगरी विभागीय डर्बीमा नेपाल एपिएफ क्लबविरुद्ध १९-७ को जित निकाल्दै त्रिभुवन आर्मी क्लब उपविजेता बन्यो ।

विजेता गोर्खाली रग्बीले २ लाख २२ हजार २२२ र उपविजेता आर्मीले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरे ।

च्यासल रंगशालामा सम्पन्न प्रतियोगिताका विजेता खेलाडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेप सदस्य कमल भट्टराई, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरेलगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपाल रग्बी संघको आयोजनामा सम्पन्न प्रतियोगितामा सहभागी यी चार टोलीले  राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो प्रतियोगिताबाट दुई महिनापछि नेपाल र बंगलादेशबिच काठमाडौंमा हुने फिफ्टिन्स रग्बी श्रृंखलाको लागि खेलाडी छनोट गरिने नेपाल रग्बी संघले जनाएको छ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो