चैत्र १५, २०८२ आइतबार | २२:४३:५४
कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज

पोखरा प्ले अफमा, बुटवल जितविहिन

काठमाडौं । बुटवल लुम्बिनी एफसीविरुद्ध २-० को जित निकाल्दै पोखरा थन्डर्स एफसीले नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा स्थान पक्का गरेको छ ।

जितसँगै ६ खेलमा आठ अंक जोडेको पोखरा तेस्रो स्थानमा उक्लिएको छ । पाँचौं हारसँगै समान खेलबाट मात्रएक अंक जोडेको बुटवल पुछारमा रह्यो ।

पोखरा प्ले अफमा प्रवेश गर्ने तेस्रो टोली हो । यसअघि साबिक विजेता ललितपुर सिटी र धनगढी एफसीले प्ले अफसमा स्थान बनाइसकेका थिए ।

पोखराको यो जितसँगै झापाको प्ले अफ सम्भावना समाप्त भएको छ ।  अब काठमाडौं रेजर्स र एफसी चितवनमध्ये एकले प्ले अफमा स्थान बनाउने छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंशगालामा पोखरालाई जित दिलाउन आयुश घलान र विलियम बियासीले गोल गरे ।

खेलको १०औं मिनेटमा आयुशको गोलमार्फत पोखराले अग्रता लिएको थियो । समीर तामाङको क्रसलाई बक्स भित्र कुनै निगरानीमा नरहेका आयुशले हेडमार्फत सहजै जाली चुमाए ।

बियासीले ५९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले नवयुग श्रेष्ठको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो