चैत्र १५, २०८२ आइतबार | १२:४६:४७
पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने

आर्मी उपविजेता

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध १९-७ को पुनरागमन जित निकाल्दै आर्मी राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपको उपविजेता बनेको छ ।

च्यासल रंगशालामा मंगलबार सम्पन्न अन्तिम खेलकाे पहिलो हाफमा आर्मी ७-५ ले पछि परेको थियो । तर दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको आर्मीले १४ अंक थप्दा एपिएफ भने सात अंकमै सिमित बन्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको आर्मी दोस्रो स्थानमा रह्यो । हार बेहाेरेकाे गत संस्करणको उपविजेता एपिएफ समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा रह्यो ।

यसअघि नेपाल पुलिस क्लबलाई ४९-३ ले पराजित गरेको आर्मी गोर्खाली रग्बी क्लबसँग ३०-१० को हार बेहोरेको थियो । एपिएफ पनि गोर्खालीसँग १४-१२ ले पराजित हुँदा पुलिसलाई ७८-० ले हराएको थियो ।

मंगलबारै सम्पन्न पहिलो खेलमा पुलिस क्लबविरुद्ध ५५-० को एकतर्फी जित निकाल्दै गोर्खाली रग्बी क्लब लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो । पहिलो हाफमा ४० अंकको अग्रता लिएको गोर्खालीले दोस्रो हाफमा १५ अंक थप्यो ।

प्रतियोगिताको विजेता गोर्खालीले २ लाख २२ हजार २२२ रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता आर्मीले १ लाख ११ हजार १११ रुपैयाँ  मेडल र प्रमाण पत्र हात पारेकाे छ ।

नेपाल रग्बी संघको आयोजनमा सम्पन्न प्रतियोगितामा यी चार टोलीले राउन्ड राेबिन पद्धतिका आधारमा प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो