काठमाडौं । सरस्वती युवा क्लबमाथि १-० को जित निकाल्दै मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ‘बी’ डिभिज लिगमा रेलिगेसन क्षेत्र छाडेकाे छ ।
जितसँगै ६ खेलमा सात अंकम जोडेको मध्यपुर सातौं स्थानमा उक्लिएको छ । लगातार चौथो खेलमा हार बेहोरेको सरस्वती समान खेलबाट ६ अंका साथ १२औं स्थानमा छन् ।
मध्यपुरको यो जितसँगै पाँच खेलमा पाँचका साथ नयाँबस्ती युथ क्लब र चार अंक जोडेको अन्नपूर्ण क्लब (आरसिटी) रेलिगेसन क्षेत्रमा झरेका छन् ।
पाँच खेलमा स्पष्ट १५ अंक जोडेको प्लानिङ ब्वाइज क्लब तालिकाको शीर्ष स्थानमा छ । प्लानिङलाई दोस्रो स्थानको श्री भगवती क्लब र तेस्रो स्थानमा रहेको च्यासल युवा क्लबले पछ्याइरहेका छन् ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा रितबहादुर गुरुङले गरेको एकमात्र गोल मध्यपुरलाई जित दिलाउन पर्याप्त बन्यो ।
रितले निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा गोल गरेका थिए । विज्ञान खड्काको क्रस बारमा लागेर फर्किदा प्राप्त रिबाउन्डलाई रितले हेडमार्फत सहजै पोस्टको दिशा दिए ।