इङ्लिस प्रिमियर लिग

एडी निखेथियासँग सम्झौता नविकरणका लागि क्लब सकारात्मकः मिकेल अर्टेटा

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले एडी निखेथियासँग क्लबले सम्झौता नवीकरण चाहेको बताएका छन् ।

मंगलबार इङ्लिस लिग कपमा आर्सनलले सन्डनरल्यान्डमाथि ५-१ को जित हात पार्दै सेमिफाइनल प्रवेश गर्दा एडी खेलका नायक  थिए । आर्सनलको जितमा एडीले ह्याट्रिक पूरा गर्दा निकोलास पेपे र चार्ली पटिनोको समान एक गोल गरेका थिए ।

यस सिजनको अन्त्यसँगै २२ वर्षीया इङ्ल्यान्डका युवा खेलाडी एडीको आर्सनलसँगको सम्झौता सकिदैछ ।

‘क्लब एडीलाई राख्न चाहन्छ र उनले टोलीको रणनिती अनुसार दिएको निर्देशन पालना गर्छ', अर्टेटाले भने, 'उनी मिहनेती छन् र हरेक खेलमा गोल पनि गरिरहेका छन् । टोलीलाई उनको आवश्यक छ ।'

अर्टेटाले आर्सनल एडीसँग लामो समयका लागि सम्झौता गर्ने तयारीमा रहेको पनि बताए ।

‘एडीलाई भित्राउन धेरै क्लबहरु इच्छुक छन् तर हामी उनलाई अन्यत्र पठाउन चहादैनौ’, अर्टेटाले थपे ।