इङ्लिस प्रिमियर लिग

टोनी भित्र्याउने प्रयासमा आर्सनल

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले स्ट्राइकर इभान टोली अनुबन्धको इच्छा देखाएको छ । आर्सनल जनवरी ट्रान्सफर विन्डोमा इङ्ल्यान्डका टोनीलाई प्रिमियर लिग प्रतिद्धन्द्धी ब्रेन्टफोर्डबाट भित्र्याउन चाहन्छ ।

चोटले सताएको आर्सनल आफ्नो टोली बलियो बनाउने लक्ष्यमा छ । सन् २०२० मा अर्को इङ्लिस क्लब पिटरबर्ग युनाइटेडबाट ब्रेन्टफोर्ड भित्रिएका टोनीले १ सय ११ प्रिमियर लिग खेलमा ६३ गोल गरेका छन् ।