अखिल नेपाल फुटबल संघ

एन्फाको विशेष साधारण सभा माघ ८ गते हुने

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आगामी माघ ८ गते काठमाडौंमा हुने भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार बसेको बैठकले विशेष साधारण सभा काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले  एन्फाले  आयोजना गर्ने प्रतियोगिताको टिकटबाट उठेको रकमको २० प्रतिशत खेलाडीलाई दिने । प्रतियोगिताका दौरान पास वितरण नगर्ने, दक्षिण एसियाली फुटबल महासघं ( साफ) महिला च्याम्पियनसिप र यु १६ च्यम्पियनसिप आयोजनाका लागि दावी पेश गर्ने, संघको  प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई नियुक्त गर्नेलगायतका निर्णय गरेको छ ।

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णय