इङ्लिस प्रिमियर लिग

हाभर्ट्ज आर्सनल जाने पक्का

काठमाडौं । इङ्लिस क्लब आर्सनलले जर्मन मिडफिल्डर काइ हाभर्ट्ज अनुबन्ध गर्ने पक्का भएको छ ।

आर्सनलले अर्को इङ्लिस क्लब चेल्सीबाट हाभर्ट्जलाई ६५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने भएको हो ।

  अनुबन्धका लागि दुई क्लब र हाभर्ट्जबीच सहमति भइसकेको र केही दिनमा नै मेडिकलसँगै आर्सनलमा सार्वजनिक गरेका तयारी भइरहेको छ ।

२४ वर्षीय हाभर्ट्ज सन् २०२० मा जर्मन क्लब बायर लिभरकुसेनबाट ७१ मिलियन पाउण्डमा चेल्सी भित्रिएका थिए ।

हाभर्ट्जले चेल्सीमा तीन सिजन बिताउँदा एक ३९ खेलमा ३२ गोल गरेका छन् ।

आर्सनल वेस्ट हम युनाइटेडका इङ्लिस मिडफिल्डर डेक्लान रिसलाई पनि अनुबन्ध गर्ने प्रयासमा छ । तर,वेस्ट हमले ९० मिलियन पाउण्डको प्रस्तावलाई अस्वीकार गरेको छ ।

हाभर्ट्ज आगमी ट्रान्सफर विन्डोमा चोल्सी छाड्ने चौथो खेलाडी हुन् ।

यसअघि क्रोएसियन मिडफिल्डर माटियो कोभासिस अर्को इङ्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्ध भइसकेकका छन् ।

यसैगरी फ्रेन्च मिडफिल्डर एनगोलो कान्टे साउदी अरेबियान क्लब अल इत्तिहादमा अनुबन्ध हुँदा मोरक्कन विंगर हाकिम जियाच पनि साउदी अरबकै अल नासर जाने पक्का भइसकेको छ ।