काभा पुरुष भलिबल नेसन्स लिग

पहिलो जितको लक्ष्यमा नेपाल

फाइल तस्बिर

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको चौंथो खेलमा नेपालले बिहीबार तुर्किमिनिस्तानको सामना गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाल र तुर्किमिनिस्तानबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो जितको लक्ष्यमा छ । अघिल्ला तीनै खेलमा पराजय ब्यहोरेको नेपाल अंकविहिन छ ।

यसअघि नेपाल मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग समान ३-१ तथा इरानसँग ३-० को सेटमा पराजित भएको थियो ।