थ्री नेसन कप

थ्री नेसन कपका लागि टिकट दर तोकियो

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगमी चैत आठ देखि १७ गते सम्म हुने थ्री नेसन कप फुटबल प्रतियोगिताका लागि टिकट दर सर्वाजनिक गरेको छ ।

एन्फाले सोमबार पत्रकार सम्मलनमार्फत प्रतियोगिताको बारेमा जानकारी दिनुका साथै टिकट दर पनि सर्वजनिक गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालमा हुने प्रतियोगिताका लागि टिकट दर साधारणतर्फ पाँच सय तथा भिआइपीतर्फ एक हजार तोकिएको छ ।

थ्री नेसन कपमा नेपाल, भुटान र लाओसले सिंग राउन्ड रोबिन पद्धतीमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् ।

नेपालले  चैत आठमा लाओस तथा १४ मा लाओसको सामना गर्नेछ । यसैगरी भुटान र लाओस चैत ११ गते भिड्ने छन् ।

यो  नेपालका नव नियुक्त  मुख्य प्रशिक्षक भिन्चेन्जो अल्बेर्टो एनासीका लागि पहिलो प्रतियोगिता हुनेछ ।