च्याम्पियन्स लिग

मिलानको जितमा लुकाकुको निर्णायक गोल

काठमाडौं । रोमेलु लुकाकुले गरेको एक मात्र गोल निर्णायक बन्दा इटालियन क्लब इन्टर मिलानले  युरोपियन फुटबल महासंघ (युइएफए) च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पोचुर्गिज क्लब एफसी पार्टोमाथि १-० को जित निकालेको छ ।

घरेलु मैदान सान सिएरोमा परिवर्तित खेलाडी लुकाकुले खेलको ८६ औं मिनेटमा गरेको गोल इन्टरलाई जित दिलाउन पर्याप्त बन्यो । लुकाकु खेलको ५८ औं मिनेटमा इडेन जेकोको स्थानमा मैदान छिरेका थिए ।

७८ औं मिनेटमा ओटाभियोले दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा समेटिन पुगेको थियो ।  

अब १४ मार्चमा पोर्टोको मैदान स्टेडियो डो ड्रगाओमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके इन्टर क्वार्टरफाइनल प्रवेश गर्नेछ । पराजयपछि पोर्टोलाइ भने जित्नै पर्ने दबाब आएको छ ।