वैशाख २८, २०८२ आइतबार | १८:३६:५५
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

विश्वकपले फुटबलमय दार्जिलिङ

दार्जिलिङ । विश्व खेलकुदको सबैभन्दा ठूलो र  प्रतिष्ठित प्रतियोगिता ’फिफा विश्वकप २०२२’ चलिरहेको छ । फुटबल मन पराउनेहरुका लागि यो एउटा पर्व हो । जुन हरेक चार वर्षमा एकचोटी आउँछ । नेपालमा पनि यसको रमझम बाक्लो हुँदै गइरहेको छ । उता छिमेकी देश भारतमा यसको रौनक नेपालको भन्दा बढी छ । विशेषगरि दार्जिलिङमा ।

दार्जिलिङको मुटु र समाजिक केन्द्र हो चौरस्ता । दार्जिलिङ भारतको पश्चिम बंगाल राज्यमा हिमालयको फेदमा रहेको एउटा सहर हो । चौरस्ता दार्जिलिङमा पर्यटक आकर्षण गर्ने सानो ठाउँ हो ।

वर्षभरि सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक गतिविधिहरू देखाउने चौरस्ता अचेल फुटबलमय बनेको छ । विश्वकप सुरु भएसँगै चौरस्ता वरिपरि फैलिएका कफी पसल र रेस्टुरेन्टहरूलाई आराम गर्ने फुर्सद छैन । घुम्तीमा पसल चलाएकालाई चिया र खाजा बेच्न भ्याइनभ्याई छ ।

‘अरु बेलाभन्दा अहिले मानिसहरुको घुँइचो धेरै छ । काममा भ्याइनभ्याई छ । व्यापार पनि राम्रो भएको छ । रमाइलो पनि बेग्लै छ,’ घुम्तिमा चिया बेच्दै गरेकी एक महिलाले भनिन् ।

दार्जिलिङ पुग्न नपाउँदै विश्वकपको माहोल सुरु हुन्छ । पुगेपछि छुट्टै अनुभूति महसुस गर्न सकिन्छ । धेरैजसो घरमा आफूलाई मनपर्ने राष्ट्रको झन्डा राखिएको छ, कसैको घरका छतमा त कसैका झ्यालहरुमा । त्यसैगरि सवारी साधनमा पनि साना र ठूला झन्डाहरु फहरिइरहेका भेटिन्छन् ।

‘फुटबल भनेको शंसारकै सुन्दर खेल हो । दार्जिलिङको पनि प्रिय खेल हो । विश्वकप भनेको चाँही प्रत्येक चार वर्षमा हुने फुटबलको सबभन्दा ठूलो मेला हो । यही कारण यसलाई घरमा एक्लै बसेर हेर्नु भन्दा पनि समूहमा मिलेर रमाइलो गर्दै हेर्नुको मज्जा बेग्लै हुन्छ,’ सेनेगल र आयोजक कतारबीचको खेल हेर्न चौरस्ता आइपुगेका एक स्थानीय युवा भन्छन् ।

दार्जिलिङको माहोल हेर्ने हो भने पाँच पटकको विश्व विजेता ब्राजिल सबभन्दा लोकप्रिय लाग्छ । त्यसपछि क्रिस्टियानो रोनाल्डोको पोर्चुगल अनि जर्मनी र अर्जेन्टिना ।

मल, रेस्टुरेन्ट, खाद्यान्न पसल, खाजा पसल, लुगा पसल सबैमा विभिन्न राष्ट्रका झन्डाहरु छन् । झन्डा बेच्नेहरु पनि उत्तिकै छन् । चोक चोकमा सहभागी ३२ राष्ट्रका झन्डाहरुको झल्लरले जो कोहीको ध्यान पनि फुटबलतिर तान्छ ।

दिन ढल्किदै जाँदाको माहोल थप फुटबलमय बन्छ । स्थानीय वासिन्दासँगै पर्यटकहरुको पनि भिड चौरस्तातिर सोझिन्छ । ठूलो स्क्रिनमा निशुल्क विश्वकप प्रदर्शन गरिइरहेकै कारण साँझको चौरस्ता फुटबल रंगशालाझै लाग्छ । चौरस्तामा फुटबल समर्थकलाई बस्न ठाउँको कमी छैन । पर्याप्त रेस्टुरा तथा सामान्य चिया पसलसमेतको अभाव नहुँदा फुटबलको रोमाञ्च अझै बढ्छ ।

केही साता भयो चौरस्तामा विश्वकप रमझम सुरु भएको । अक्टोबर एक देखि त झन् चौरस्ताले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ‘फिफा विश्वकप’ महोत्सव नै मनाउन लागेको छ । जसले चिया उद्योग र पर्यटन अर्थतन्त्रको मुख्य आधार रहेको दार्जिलिङलाई आर्थिक रुपमा पनि लाभ मिल्ने विश्वास लिइएको छ ।

दार्जिलिङवासीले सहरलाई फुटबलमय बनाउनुको पछाडि आर्थिक लाभ मात्र नभएर युवाहरुलाई गलत बाटोतर्फ नहिड्न प्रोत्साहन गर्नु पनि रहेको छ । स्थानीय होटल व्यावसायी सुजन मोक्तान भन्छन्, ‘आजभोलि युवाहरु गलत बाटोतर्फ लाग्ने खतरा बढ्दै गएको छ । त्यसैले पनि हामीले यस्तो पर्व मनाएका हौं । यसबाट युवाहरुलाई स्वास्थ्यप्रति सचेत हुँदै केही गर्ने प्रेरणा मिल्नेछ ।’

उनका अनुसार दार्जिलिङमा अघिल्लो विश्वकपदेखि यस्तो महोत्सव आयोजना गर्न थािलएको थियो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP