वैशाख २८, २०८२ आइतबार | १८:३६:५५
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

लामो यात्राको आशामा क्यामरुन

काठमाडौं । क्यामरुनमा फुटबलप्रेमीहरुका मिठा गफ धेरैजसो रोजर मिल्ला र १९९० को विश्वकपमा सीमित हुने गर्छन र सामान्यतया त्यो कुराकानी ‘तर सेमिफाइनल हामीबाट चोरी भयो’मा पुगेर टुंगिने गर्छ ।

इटालीमा भएको विश्वकपको त्यो संस्करण क्यामरुनका लागि दोस्रो सहभागिता थियो । यसअघि टोलीले १९८२ को स्पेन विश्वकप खेलेको थियो । १९९० मा इटाली पुगेको टोलीका केही खेलाडीहरु फ्रेन्च लिग वानमा व्यावसायिक फुटबल खेलिरहेका थिए । तथापि क्यामरुनी खेलाडीका बारेमा खासै चर्चा थिएन् ।

क्यामरुनको टिम, स्ट्राइकर रोजर मिल्ला प्रेरित थियो । ३८ वर्षे मिल्ला पनि दोस्रो पटक विश्वकप खेल्दै थिए । दुई वर्ष अगाडि नै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका मिल्ला तत्कालिन राष्ट्रपति पल बियाको विशेष अनुरोधमा टिममा फर्किएका थिए ।

मिल्लाको आगमन भए पनि आन्तरिक कलह र कमजोर फर्मबाट गुज्रिइरहेको टिमबाट खासै अपेक्षा थिएन । चार महिना अघि मात्र अफ्रिका कप अफ नेशन्सको उपाधि रक्षा गर्न अल्जेरिया पुगेको टोली समूह चरणबाट घर फर्किएको थियो । तर, इटालीमा क्यामरुनले तहल्का नै मच्चायो । टिमले क्वार्टरफाइनल सम्मको यात्रा गर्यो ।

उद्घाटन खेलमै साविक विजेता अर्जेन्टिनालाई १-० को नतिजामा हराएर क्यामरुनले विश्वकप इतिहासकै पहिलो सबभन्दा ठूलो स्तब्धतापूर्ण नतिजा निकाल्यो । दुई रातो कार्डका कारण ९ खेलाडीमा सीमित भएर खेलको अन्त्य गरेको क्यामरुनले प्रतियोगिताको मुख्य दाबेदार मानिएको डिएगो म्याराडोनाको इटालीलाई हराउनु कसैले पनि कल्पना नगरेको विषय थियो ।

क्यामरुनको दोस्रो खेल खतरनाक रोमानियासँग थियो । तर, मिल्लाले दुई गोल गरेपछि क्यामरुन २-१ ले विजयी भएर पहिलो पटक नकआउट चरणका लागि छनोट भयो । अन्तिम १६ मा मिल्लाकै दुई गोल मद्दतमा कोलम्बियालाई अतिरिक्त समयमा २-१ ले हराएर यात्रा क्वार्टरफाइनलसम्म लम्ब्यायो । फिफा विश्वकपको अन्तिम आठमा त्यो कुनै पनि अफ्रिकी टोलीको पहिलो यात्रा थियो ।

अन्तिम आठमा बबी रोब्सनको इङ्ल्यान्डसँग ३-२ ले पराजित भएपछि अन्डरडग क्यामरुन सेमिफाइनलबाट एक कदम मात्र टाढा रहेर घर फर्कियो । जहाँ कुनै बेला २-१ ले पछि परिसकेको इङ्ल्यान्डले दुई गोल पेनाल्टीमा गर्दै पुनरागमन जनाएको थियो ।

‘तेस्रो गोलमा इङ्ल्यान्डलाई पेनाल्टी नदिएको भए इतिहास अर्कै हुनेथ्यो कि ?’ क्यामरुनी समर्थकले अहिलेसम्म पनि विर्सन नसकेको घटना हो त्यो ।

तर, क्यामरुनले इटालीमा सनसनीपूर्ण यात्रा गर्दा रोजर मिल्लाको अविस्मरणीय नृत्य उत्सव अविस्मरणीय दृष्यका रुपमा विश्व फुटबलमा कैद भएको थियो । इटालीमा मिल्लाले प्रत्येक गोल गरेपछि कर्नर झण्डामा पुगेर आफ्नो ट्रेडमार्क नृत्यका साथ खुसी मनाएका थिए । उनको त्यो सेलेब्रेशन अझैसम्म पनि विश्व फुटबलमा स्मरण गरिइरहन्छ ।

उनी विश्वकप इतिहासकै सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी पनि बन्न सफल भए । चार वर्षपछि ४२ वर्षको उमेरमा, उनले अमेरिका १९९४ मा रुसविरुद्ध गोल गरेर विश्वकपमा सबैभन्दा बढी उमेरका गोलकर्ताका रुपमा आफ्नै कीर्तिमान तोडे ।

क्यामरुनले अहिलेसम्म सात पटक विश्वकप खेलिसकेको छ । तर १९९० मा बाहेक टोली सधै पहिलो चरणबाटै घर फर्किएको छ । यही कारण कतार यात्रा अफ्रिकी महारथीका लागि चुनौतीपूर्ण हुनेछ । कतारमा समूह ‘जी’मा परेको टोलीले सर्वाधिक पाँच पटकको विश्व विजेता ब्राजिलसँगै बलियो युरोपेली प्रतिद्वन्द्वी स्विट्जरल्यान्ड र सर्बिया छन् ।

पाँच पटक अफ्रिका कप अफ नेशन्स तथा एक पटक ओलम्पिकको स्वर्ण पदक जितेको टोलीको यसपाली पहिलो लक्ष्य समूह चरण पार गर्नु हुनेछ । त्यसपछि यात्रा सकेसम्म लम्ब्याएर कम्तिमा सेमिफाइनल पुग्न सके क्यामरुनी फुटबल इतिहासमा नयाँ अध्याय थपिनेछ ।

स्पेन १९८२ क्यामरुनको पहिलो विश्वकप हो । क्यामरुन त्यतिबेला इटाली, पोल्यान्ड र पेरु सम्मिलित समूहमा अपरजित रहे पनि दोस्रो चरणमा प्रवेश गर्न भने सफल भएन । अमेरिका १९९४ को पहिलो खेलमा स्वीडेनसँग १-१ को बराबरी खेले पनि त्यसपछि ब्राजिलसँग ३-० तथा रुससँग ६-१ ले पराजित भएपछि टोली समूह चरणबाटै घर फर्कियो ।

फ्रान्स १९९८ मा टोलीले इटाली, चिली र अस्ट्रिया रहेको समूहमा दुई बराबरी र एक हारको नतिजा निकाल्यो । जापान र कोरियाले २००२ मा संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा पनि टोली समूह चरणबाटै बाहिरियो । २००६ को जर्मन विश्वकपलाई छानिनै असफल भएको टोलीले २०१० र २०१४ को विश्वकप वर्तमान क्यामरुन फुटबल संघका अध्यक्ष सामुइल इटोको कप्तानीमा खेलेको थियो ।

दुवै संस्करणमा क्यामरुनले एक अंक पनि जोड्न सकेन । २०१० दक्षिण अफ्रिका विश्वकपमा क्यामरुन जापान, डेनमार्क र नेदरल्यान्ड्ससँगका सबै खेलमा पराजित भयो । यसैगरी ब्राजिलमा २०१४ मा भएको प्रतियोगितामा पनि टोली समूह चरणमा मेक्सिको, क्रोएसिया र आयोजक ब्राजिलसँग पराजित भएर घर फर्कियो ।

२०१८ मा भएको रुस विश्वकपमा छनोट हुन नसकेको टोलीले यसपाली अफ्रिकी छनोटको तेस्रो चरणमा अल्जेरियालाई अवे गोलमा पराजित गर्दै कतारको टिकट काट्न सफल भयो । पहिलो लेगमा १-० ले पराजित भएको क्यामरुन दोस्रो लेगमा २-१ को नतिजामा विजयी भएको थियो ।

क्यामरुनले गएको फेब्रुअरीमा पूर्व खेलाडी रिगोबर्ट सङलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । रिगोबर्ट क्यामरुनी फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । कतारमा उनको प्रेरणामा टोलीले विश्वकप इतिहासमा अहिलेसम्मको सबभन्दा लामो यात्रा गर्ने अपेक्षा राखिएको छ ।

हेर्नलायक खेलाडी

एरिक म्याक्सम चुपो मोटिंग (बायर्न म्युनिख)
३३ वर्षे फरवार्ड एरिक म्याक्सम चुपो मोटिङका लागि कतार विश्वकप आफ्नो तेस्रो सहभागिता हो । मोटिङ अन्तर्राष्ट्रिय अनुभव विना नै २०१० दक्षिण अफ्रिका विश्वकपको २३ सदस्ययीय टोलीमा अटाएका थिए । त्यसपछि उनले २०१४ ब्राजिल विश्वकप खेलेका थिए ।

मोटिङले उमेर समूहमा भने जर्मनीबाट खेलेका थिए । कारण, उनी जर्मनीमा जन्मेका हुन् । उनकी आमा जर्मन हुन् भने बुवा क्यामरुनी । २०२० यता जर्मन महारथी बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलिरहेका मोटिङले पिएसजीबाट पनि खेलिसकेका छन् ।

मोटिङ राम्रो फिनिशर हुनुका साथै एक शक्तिशाली ड्रिब्लर पनि हुन् । जारी सिजन मोटिङ राम्रो लयमा छन् । १६ खेलमा उनले ११ गोल गरिसकेका छन् । मोटिङले यही लयलाई निरन्तरता दिने हो भने क्यामरुनलाई कतारमा सहज हुनेछ । मोटिङसँगै तेस्रो विश्वकप खेलिरहेका कप्तान भिन्सेन्ट अबुबाकर र निकोलस एनकोलुको अनुभव पनि क्यामरुनको विश्वकप यात्रामा महत्वपूर्ण रहनेछ ।

विश्वकपमा क्यामरुन

विरुद्ध स्विट्जरल्याण्ड  (अल जुनब रंगशाला)
मंसिर ८ गते, दिउँसो ३ः४५ बजे

विरुद्ध सर्बिया (अल जुनब रंगशाला)
मंसिर १२ गते, राति १२ः४५ बजे

विरुद्ध ब्राजिल ( लुसेइल आइकोनिक रंगशाला )
मंसिर १६ गते, राति १२ः४५ बजे

(एजेन्सीहरुको सहयोगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP