काठमाडौं । इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपका लागि ११ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् ।
नेपाल इ-स्पोर्टस संघ (इसान) को आयोजनामा हुन लागेको च्याम्पियनसिपको दोस्रो संस्करणमा ६ विधा समावेश छ । च्याम्पियनसिपमा पब्जी मोबाइल, इ-फुटबल, मोबाइल लिजेन्ड्स, डोटा टु, भ्यालोरेन्ट र कस प्लेमा प्रतिस्पर्धा गराइनेछ ।
इ-फुटबलमा २ हजार ५१९ जना तथा पब्जी मोबाइलमा १ हजार ३९, मोबाइल लेजेन्ड्समा २८१, भारोलेरेन्टमा ६६ , डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका छन् । यसैगरी कस प्ले विधामा भने अझै दर्ता खुल्ला नै राखिएको छ ।
च्याम्पियनसिपको क्वालिफायर राउन्डका खेलहरू माघ १४ देखि १८ गतेसम्म हुनछ । यसैगरी समूह चरण र प्लेअफका खेलहरु माघ २० देखि फागुन २ गतेसम्म खेलाइने छ । क्वालिफायर र प्लेअफका खेलहरू अनलाइनमा हुनेछ ।
यसैगरी च्याम्पियनसिपको अन्तिम चरणको खेल आगामी फागुन ८ देखि १० गतेसम्म भौतिक रुपमै त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना गरिने इशानले जनाएको छ ।
अन्तिम चरणमा पब्जीतर्फ १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । पब्जीमा हरेक टिममा ४ जना मुख्य खेलाडी रहने छन् भने १ अतिरिक्त खेलाडी र १ म्यानेजर हुनेछन् । यसैगरी मोबाइल लेजेण्ड्समा २ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा छन् । यसमा हरेक टिममा ५ जना खेलाडी तथा समान १ अतितिरक्त खेलाडी तथा म्यानेजर हुनेछन् ।
इ-फुटबलमा अन्तिम चरणमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी डोटा टू र भ्यालोरेन्टमा ४–४ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । कस प्ले मा भने कुनै लिमिटेसन राखिएको छैन । उनीहरूले फेसन सो शैलीमा स्टेजमा डेमो देखाउने छन् ।
जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ ।
पब्जी मोबाइलका विजेताले २ लाख ५० हजार उपविजेताले १ लाख ८० हजार तथा तेस्रो हुनेले १ लाख २० हजार पाउनेछन् । यसैगरी अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिम र सर्वोकृष्ट खेलाडीलाई पनि जगर पुरस्कारको व्यवस्था गरिएको छ ।
यस्तै मोबाइल लेजेन्ड्सको विजेताले १ लाख ८२ हजार तथा उपविजेताले १ लाख ४ हजार पाउनेछन् । यसैगरी यसमा शीर्ष ८ र सर्वोकृष्ट खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन् ।
यता भ्यालोरेन्ट र डोटा टुका विजेताले समान १ लाख ५ हजार इ फुटबलका विजेताले ९० हजार र कस प्लेका विजेताले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
भ्यालोरेन्ट र डोटा टुका शीर्ष ८ तथा इ फुटबल र कसप्लेमाका शीर्ष ४ ले नगद पुरस्कार पाउनेछन् । यस्तै मोस्ट पपुलर कस प्लेयरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।