असार १७, २०८२ मंगलबार | ०६:२१:१९
दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बासडमा नियुक्त थोमस पार्टीले छाडे आर्सनल दक्षिण एसियाली शारीरिक सुगठनमा पदक विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहले दिए बधाई दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बासडमा नियुक्त थोमस पार्टीले छाडे आर्सनल दक्षिण एसियाली शारीरिक सुगठनमा पदक विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहले दिए बधाई

होरा इ-स्पार्टसलाई पब्जी मोबाईलको उपाधि

काठमाडौं । होरा इ-स्पोर्टसले इशान दोस्रो इ-स्पोर्टस राष्ट्रिय च्याम्पियन्सिपमा पब्जी मोबाइलतर्फको उपाधि जितेको छ ।

हाेराले १५ टोलीलाई पछि पार्याे । च्याम्पियन होराले १२२ अंक जोड्दा दोस्रो भएको टि टु के एक अंकले पछि पर्यो । यस्तै दाई इ-स्पोर्टस, होइन इ-स्पोर्टस, डिआरएस गेमिङ, यल ड्रागन इ-स्पोर्टस, जुट्टी इ- स्पोर्टस, फोर डेथ मेसिन, नेप्क्सर सोल्टी स्क्वाड क्रमशः तेस्रो देखि १०औं स्थामा रहे ।

जसमा विजेता होराले २ लाख ५० हजार र ट्रफी प्राप्त गर्यो । यस्तै दोस्रो भएको टि टु केले १ लाख ८० हजार तथा तेस्रो भएको दाईले १ लाख २० हजार पाए । 

अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाएका थिए । होरा इ-स्पोर्टसका स्काई होरा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । उनले १० हजार  रुपैयाँ प्राप्त गरे ।  

यस्तै हुमिङ बर्डलाई पराजित गर्दै मोबाइल लेजेण्ड ब्याङ ब्याङको उपाधि औराले जित्यो ।  विजेता औराले १ लाख ८२ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने उपविजेता हमिङ बर्डले १ लाख ४ हजार रुपैयाँ पायो ।

ला फिएर्टे, ट्रस्ट दि प्रोसेस, एलिसिउम, हार्बिनगर्स, आरएसजी कोज्जा इ-स्पोर्टस र डाँफे इ-स्पोर्टस  क्रमशः तेस्रोदेखि आठौं स्थानमा रहे ।  यस विधामा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गरे । एमएलबीबीमा औराका भोइड मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

यसैगरी डोटा टुको उपाधि कीर्तिपुरले जित्यो । च्याम्पियन कीर्तिपुरले १ लाख ५ हजार र ट्रफी प्राप्त गर्यो । यो स्पर्धामा स्नेक, एभेन्जर्स, डोटा टु  तेनजिकु ग्याङ, वन लास्ट राइड , केइकेडब्लु, ढेडुस  र राजेस हमाल इज ब्याक दोस्रोदेखि आठौं स्थानमा रहे । ।

भालोरेन्टको उपाधि नो टक वन्ली किलले जित्यो । च्याम्पियन नो टक ओन्ली किलले पनि १ लाख ५ हजार प्राप्त गर्यो । भालोरेन्टमा काल्म डाउन दोस्रो र अर्केन तेस्रो भयो । भालोरेन्ट र डोटा टु दुवैमा दोस्रोले समान ६० हजार र तेस्रोले समान ४५ हजार प्राप्त गरे ।

भालोरेन्टमा कृउ एक्स, ओल्ड जिन्स, ब्रिटिस कलेज, कपिलवस्तु र बत्ती बल्यो तेस्रोदेखि आठौं स्थानमा रहे ।

डोटा टु मा टिम कीर्तिपुरका लक्षय तामाङ तथा भालोरेन्टमा नो टक वन्ली किलका रियाल सिंह मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

इ-फुटबलको उपाधि हृजवान श्रेष्ठले जिते । उनले द ९० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । यस्तै स्वप्निल अधिकारी दोस्रो, बुद्धिबहादुर भट्टराई तेस्रो, सन्दिप गोले तामाङ चौथो भए ।

कस प्लेमा रिमा बिशान्की पहिलो भइन् । गुन्जेस श्रेष्ठ दोस्रो, रोनि सुब्बा तेस्रो, लासेवा सुब्बा चौथो र इशान श्रेष्ठ पाँचौ स्थानमा रहे  ।

इ-स्पोर्टस संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा गराइएको थियो ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद माधव सापकोटा, राखेप पूर्व उपाध्यक्ष शिव कोईराला, इशान अध्यक्ष अन्जन धमला लगायतले पुरस्कृत गरेका थिए ।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3