कार्तिक २२, २०८२ शनिबार | २०:०६:२९
टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर

फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित

दीपा शाहीको पुरस्कार ग्रहण गर्दै उनीकी आमा श्रीदेवी शाही ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर दीपा शाहीसहित १९ जना खेलाडी तथा खेलकर्मी सम्मानित भएका छन् ।

सोमबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दीपासहित ६ खेलाडी, दुई प्रशिक्षक, एक चिकित्सक र १० पत्रकारलाई  राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार प्रदान  गरे ।

पुरस्कृत हुने खेलाडीमा दीपासहित भरत सिंह महता (पारा तेक्वान्दो), प्रेम बहादुर लिम्बु (तेक्वान्दो), वीरबहादुर महरा (तेक्वान्दो), अनुजा कुलुकङ राई(कबड्डी) र मानमती विष्ट (कबड्डी) तथा प्रशिक्षकतर्फ कविराज नेगी लामा (तेक्वान्दो), निर्णायकतर्फ धनकुमार मैनाली (बक्सिङ) र चिकित्सकतर्फ राजु डंगोल छन् । पुरस्कारको राशी १ लाख रुपैयाँ छ ।

यसैगरी खेलकुद पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने पत्रकार श्रीलोचन राजोपाध्याय (नयाँ पत्रिका) लाई  ५० हजा रुपैयाँ राशी रहेको खेलकुद पत्रकारिता सम्मान प्रदान गरिएको छ।

यस्तै ९ पत्रकारलाई जनही २५ हजार रुपैयाँसहित खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार सम्मान गरिएको छ। सम्मानित हुनेमा मुकुन्द घिमिरे (कोशी), शरदचन्द्र भट्टराई (मधेश), विक्रमकुमार बानियाँ (बागमती), दिनानाथ बराल (गण्डकी), स्वस्तिक श्रेष्ठ .लुम्बिनी), दिनेशकुमार बुढा (कर्णाली), दिनेशबहादुर विष्ट (सुदूरपश्चिम), नमिता दाहाल (समावेशी महिला) र रुपा गहतराज (समावेशी) छन् ।

मन्त्री चौधरीले निष्पक्ष रूपमा छनोट गरी राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार प्रदान गरिएको बताए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसार लम्साल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतको उपस्थिति  थियो ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।