माघ ९, २०८२ शुक्रबार | १६:४१:०५
सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा

फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित

दीपा शाहीको पुरस्कार ग्रहण गर्दै उनीकी आमा श्रीदेवी शाही ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर दीपा शाहीसहित १९ जना खेलाडी तथा खेलकर्मी सम्मानित भएका छन् ।

सोमबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दीपासहित ६ खेलाडी, दुई प्रशिक्षक, एक चिकित्सक र १० पत्रकारलाई  राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार प्रदान  गरे ।

पुरस्कृत हुने खेलाडीमा दीपासहित भरत सिंह महता (पारा तेक्वान्दो), प्रेम बहादुर लिम्बु (तेक्वान्दो), वीरबहादुर महरा (तेक्वान्दो), अनुजा कुलुकङ राई(कबड्डी) र मानमती विष्ट (कबड्डी) तथा प्रशिक्षकतर्फ कविराज नेगी लामा (तेक्वान्दो), निर्णायकतर्फ धनकुमार मैनाली (बक्सिङ) र चिकित्सकतर्फ राजु डंगोल छन् । पुरस्कारको राशी १ लाख रुपैयाँ छ ।

यसैगरी खेलकुद पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने पत्रकार श्रीलोचन राजोपाध्याय (नयाँ पत्रिका) लाई  ५० हजा रुपैयाँ राशी रहेको खेलकुद पत्रकारिता सम्मान प्रदान गरिएको छ।

यस्तै ९ पत्रकारलाई जनही २५ हजार रुपैयाँसहित खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार सम्मान गरिएको छ। सम्मानित हुनेमा मुकुन्द घिमिरे (कोशी), शरदचन्द्र भट्टराई (मधेश), विक्रमकुमार बानियाँ (बागमती), दिनानाथ बराल (गण्डकी), स्वस्तिक श्रेष्ठ .लुम्बिनी), दिनेशकुमार बुढा (कर्णाली), दिनेशबहादुर विष्ट (सुदूरपश्चिम), नमिता दाहाल (समावेशी महिला) र रुपा गहतराज (समावेशी) छन् ।

मन्त्री चौधरीले निष्पक्ष रूपमा छनोट गरी राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार प्रदान गरिएको बताए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसार लम्साल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतको उपस्थिति  थियो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate