काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण पनि कर्णाली याक्सबाटै खेल्ने भएका छन् ।
मार्की खेलाडीमा सोमपाल कामीलाई नै निरन्तरता दिएको कर्णालीका सह-मालिक गृहेन्द्र घिमिरेले जानकारी दिए । ‘सोमपाल कामी निकै क्षमतावान खेलाडी हुन् । त्यसैले दोस्रो संस्करणको लागि पनि मार्कीमै निरन्तरता दिने भएको छौं । उनीमाथि टिमको विश्वास छ,’ घिमिरेले भने ।
सोमपालकै कप्तानीमा कर्णाली याक्सले एनपिएलको पहिलो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको थियो ।
टाेलीका सह-मालिक घिमिरेले रिटेन गरेका ६ खेलाडीको सूची पनि चाडै सार्वजनिक गर्ने बताए ।
नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि अक्सन हुनुअघि टोलीहरूले खेलाडी रिटेन र रिलिज थालेका हुन् ।
यसअघि सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, लुम्बिनी लयान्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सले खेलाडी रिटेन गरिसकेका छन् ।