असार १५, २०८२ आइतबार | २०:१८:३०
सयौं खेलको पहिलो हाफमा नेपाल २–० ले अगाडि नियमित कप्तान अञ्जिलालाई आराम, सावित्रालाई कप्तान तथा अञ्जनालाई पोष्टको जिम्मेवारी रसिलाले जितिन् माउन्ट पोपा अल्ट्रा रनको उपाधि ललितपुर क्विन्सको प्रशिक्षकमा उत्सव खड्काकै निरन्तरता पहिलो ट्वान्टी-२० मा भारत विजयी सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल प्रसिद्ध जैसीको शतकमा नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको लक्ष्य पाउल पोग्बा मोनाकोमा अनुबन्ध राष्ट्रिय महिला ह्यान्डबल: एपिएफ च्याम्पियन सयौं खेलको पहिलो हाफमा नेपाल २–० ले अगाडि नियमित कप्तान अञ्जिलालाई आराम, सावित्रालाई कप्तान तथा अञ्जनालाई पोष्टको जिम्मेवारी रसिलाले जितिन् माउन्ट पोपा अल्ट्रा रनको उपाधि ललितपुर क्विन्सको प्रशिक्षकमा उत्सव खड्काकै निरन्तरता पहिलो ट्वान्टी-२० मा भारत विजयी सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल प्रसिद्ध जैसीको शतकमा नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको लक्ष्य पाउल पोग्बा मोनाकोमा अनुबन्ध राष्ट्रिय महिला ह्यान्डबल: एपिएफ च्याम्पियन

पहिलो ट्वान्टी-२० मा भारत विजयी

काठमाडौं । भारतले घरेलु टोली इङ्ल्यान्डविरुद्ध महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा ९७ रनको सहज जित दर्ता गरेको छ ।

जितसँगै भारतले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल मंगलबार हुनेछ ।

नटिङघमस्थित ट्रेन्ट ब्रिजमा भारतले प्रस्तुत गरेको २११ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १४.५ ओभरमा ११३ रनमै समेटियो ।

इङ्ल्यान्डका लागि कप्तान नटालियन स्क्रिभर ब्रन्टले ४२ बलमा १० चौकाको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरिन् । यसैगरी एमिली लुइस अर्लोटले १२ र ट्यामी ब्युमन्टले १० रन बनाए ।

भारतका लागि श्री चरानीले चार, दिप्ति शर्मा र राधा यादवले समान दुई तथा अमनजोत कौर र अरुनधती रेड्डीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१० रनको योगफल तयार पारेको थियो ।

भारतका लागि कार्यवहाक कप्तान स्मृति मन्धनाले ६२ बलमा १५ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ११२ रनको योगदान गरिन् । यससँग स्मृति तीन फर्म्याटमा शतक प्रहार गर्ने पहिलो भारतीय महिला खेलाडी बनेकी छन् । यसैगरी हर्लिन देओलले ४३, शफाली वर्माले २० र ऋचा घोषले १२ रन बनाए ।

इङ्ल्यान्डका लागि लोरेन बेलले तीन तथा एमिली लुइस अर्लोट र सोफी एक्लेस्टोनले समान उक विकेट लिए ।


भिडियो
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को विचारमा महिला खेलाडीले नेपाली फुटबल थेगेका छन् ।
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA