असार १५, २०८२ आइतबार | १७:११:५०
ललितपुर क्विन्सको प्रशिक्षकमा उत्सव खड्काकै निरन्तरता पहिलो ट्वान्टी-२० मा भारत विजयी सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल प्रसिद्ध जैसीको शतकमा नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको लक्ष्य पाउल पोग्बा मोनाकोमा अनुबन्ध राष्ट्रिय महिला ह्यान्डबल: एपिएफ च्याम्पियन थाइल्यान्ड ओपनमा एरिका गुरुङलाई स्वर्ण सानदार जित निकाल्दै चेल्सी क्वार्टरफाइनलमा डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा ललितपुर क्विन्सको प्रशिक्षकमा उत्सव खड्काकै निरन्तरता पहिलो ट्वान्टी-२० मा भारत विजयी सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल प्रसिद्ध जैसीको शतकमा नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको लक्ष्य पाउल पोग्बा मोनाकोमा अनुबन्ध राष्ट्रिय महिला ह्यान्डबल: एपिएफ च्याम्पियन थाइल्यान्ड ओपनमा एरिका गुरुङलाई स्वर्ण सानदार जित निकाल्दै चेल्सी क्वार्टरफाइनलमा डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा

आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल

फाइल तस्विर ।

काठमाडौं । नेपाली महिला फुटबल टोलीले आफ्ने १००औं अन्तर्राष्ट्रिय खेलमा आइतबार लाओसको सामना गर्दैछ ।

एएफसी एसियन कप छनोट अन्तर्गतको यो खेल उज्वेकिस्तानको तास्केन्दस्थित बुन्योडकोर रंगशालामा नेपाली समय अनुसार साँँझ ६ः१५ बजे सुरु हुनेछ ।

नवनियुक्त प्रशिक्षक प्याट्रिक डे वाइल्डका लागि यो पहिलो खेल हुनेछ । यस प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहदै नेपाल एसिसी महिला एसियन कपमा छनोट हुने लक्ष्यमा छ ।

नेपाल फिफा वरियतामा लाओसभन्दा सात स्थानमाथि छ । वरियतामा नेपाल १०० र लाओस १०७औं स्थानमा छन् ।

लाओसलाई पराजित गर्दै नेपाली टोली आफ्नो १००औं खेलको उपलब्धिलाई अझै विशेष बनाउन चहान्छ ।

भर्खरै विदेशी लिग खेलेर आएका अन्जिला तुमबाप्पो सुब्बा, सावित्रा भण्डारी, रेखा पौडेल, पूजा रानालगायतका खेलाडी नेपालका लागि निर्णायक बन्न सक्छन् ।

नेपालले सन् १९८६ मा हङकङमा सम्पन्न एएफसी महिला च्याम्पियनसिपको छैटौं संस्करणदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन थालेको हो । त्यसपछि नेपालले १९८९ र १९९९ मा पनि यो प्रतियोगिता खेल्यो । त्यतीबेला टोली सोझै एएफसी च्याम्पियनसिपमा छनोट हुने गर्थे ।

सन् २००६ मा अस्ट्रेलियामा भएको १५औं संस्करणदेखि भने छनोट चरण पार गर्ने टोलीले मात्र एसियन कपमा स्थान बनाउने नियम लागू भयो । त्यसयता भने नेपाली टोलीले यो प्रतियोगितामा स्थान बनाउन सकेको छैन ।

यो ४० वर्षे इतिहासमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा एक दर्जन फाइनल खेलेको छ । यी सबै अवसरमा नेपाल उपाधिबाट वञ्चित हुनुपरेको छ ।


भिडियो
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को विचारमा महिला खेलाडीले नेपाली फुटबल थेगेका छन् ।
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA