काठमाडौं । नेपालकी एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । उनले सिनियर महिला ६८ केजीमाथिको फाइनलमा घरेलु खेलाडी चनकन खियोखामलाई पराजित गरिन् ।
प्रतियोगितामानेपालका लागि अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् । यु-१२ पुरुष ३७ केजीमा सम्पन्न बस्नेतले रजत पदक जिते ।
यस्तै सिनियर पुरुष ७५ केजीमा राजिव पुडासैनी, सिनियर महिला कुमिते ६८ केजीमा कृतिका अधिकारी र सिनियर महिला ५५ केजीमा सबिना श्रेष्ठले कांस्य पदक चुमे ।
यता सिनियर महिला ५० केजीमा वर्षा बुढामगर, यु-१४ महिला ५२ केजीमा दिया तामाङ र पुरुष ४५ केजीमा आशिष हरिजन तथा यु-१४ पुरुष ५० केजीमा प्रजल थापा पनि नेपाललाई कांस्य पदक दिलाएको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
