असार १५, २०८२ आइतबार | १९:५०:४९
सयौं खेलको पहिलो हाफमा नेपाल २–० ले अगाडि नियमित कप्तान अञ्जिलालाई आराम, सावित्रालाई कप्तान तथा अञ्जनालाई पोष्टको जिम्मेवारी रसिलाले जितिन् माउन्ट पोपा अल्ट्रा रनको उपाधि ललितपुर क्विन्सको प्रशिक्षकमा उत्सव खड्काकै निरन्तरता पहिलो ट्वान्टी-२० मा भारत विजयी सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल प्रसिद्ध जैसीको शतकमा नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको लक्ष्य पाउल पोग्बा मोनाकोमा अनुबन्ध राष्ट्रिय महिला ह्यान्डबल: एपिएफ च्याम्पियन सयौं खेलको पहिलो हाफमा नेपाल २–० ले अगाडि नियमित कप्तान अञ्जिलालाई आराम, सावित्रालाई कप्तान तथा अञ्जनालाई पोष्टको जिम्मेवारी रसिलाले जितिन् माउन्ट पोपा अल्ट्रा रनको उपाधि ललितपुर क्विन्सको प्रशिक्षकमा उत्सव खड्काकै निरन्तरता पहिलो ट्वान्टी-२० मा भारत विजयी सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल प्रसिद्ध जैसीको शतकमा नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको लक्ष्य पाउल पोग्बा मोनाकोमा अनुबन्ध राष्ट्रिय महिला ह्यान्डबल: एपिएफ च्याम्पियन

सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै साबिक विजेता नेपाला एसिसी यु-१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले इन्डोनेसियाविरुद्ध ३७० रनको जित निकाल्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै समान खेलबाट दुई अंकका साथ चौथो स्थानमा इन्डोनेसिया समूह चरणबाटै बाहिरिएको छ । 

नेपालको यो जितसँगै सिंगापुरले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

नेपालले प्रस्तुत गरेको ४२१ रनको लक्ष्य पछ्याएको  इन्डोनेसिया २४.३ ओभरमा ५० रनमै समेटियो ।

इन्डोनेसियाका लागि कविन निरज चड्डाले १५ र दिभित नन्दाले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका लागि कप्तान विपिनप्रसार शर्माले ६ तथा सुगम बुढाथोकी र सुभम खनालले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ४२० रनको योगफल तयार पारेकाे थियाे । 

नेपालका लागि प्रसिद्ध जैसीले ११४ बलमा १५ चौका र एक छक्काको मद्दतले सर्वाधिक १३२ रनको योगदान गरे । रोनक श्रीवास्तवले ७१ बलमा आठ चौका र दुई छक्कासहित ८८ रन जोडे ।

यसैगरी अक्रमक ब्याटिङ गरेका परिमार्जन यादवले २८ बलमा आठ छक्का र चार चौकासहित ७१, जोय थापाले ४१ बलमा सात चौकाको मद्दतले ५७, सुगम बढाथोकीले अविजित ३९ र रोशन शाहीले अविजित १० रन बनाए ।

प्रसिद्धले तेस्रो विकेटका लागि रौनकसँग १४८ तथा पहिलो विकेटका लागि परिमार्जनसँग १३० रनको साझेदारी गरेका थिए । यसैगरी पाँचौं विकेटका लागि जोय र सुगमबीच ७४ रनको साझेदारी भएको थियो ।

इन्डोनेसियाका लागि केतुक धर्मपुत्रले दुई तथा कविन निरज चड्डा, महेन्द्र अजी युदा प्रतामा, रेहान रिजा अथैलाले समान एक विकेट लिए ।

यसअघि नेपालले सिंगापुर र जापानलाई पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भुटानको सामना गर्नेछ ।


भिडियो
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को विचारमा महिला खेलाडीले नेपाली फुटबल थेगेका छन् ।
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA