असार १५, २०८२ आइतबार | २३:१०:१५
नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्टकै निरन्तरता कुशल भुर्लेलसहित ६ खेलाडीले पोखराबाटै खेल्ने सावित्रा चम्किँदा १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालको सानदार जित सयौं खेलको पहिलो हाफमा नेपाल २–० ले अगाडि नियमित कप्तान अञ्जिलालाई आराम, सावित्रालाई कप्तान तथा अञ्जनालाई पोष्टको जिम्मेवारी रसिलाले जितिन् माउन्ट पोपा अल्ट्रा रनको उपाधि ललितपुर क्विन्सको प्रशिक्षकमा उत्सव खड्काकै निरन्तरता पहिलो ट्वान्टी-२० मा भारत विजयी सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्टकै निरन्तरता कुशल भुर्लेलसहित ६ खेलाडीले पोखराबाटै खेल्ने सावित्रा चम्किँदा १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालको सानदार जित सयौं खेलको पहिलो हाफमा नेपाल २–० ले अगाडि नियमित कप्तान अञ्जिलालाई आराम, सावित्रालाई कप्तान तथा अञ्जनालाई पोष्टको जिम्मेवारी रसिलाले जितिन् माउन्ट पोपा अल्ट्रा रनको उपाधि ललितपुर क्विन्सको प्रशिक्षकमा उत्सव खड्काकै निरन्तरता पहिलो ट्वान्टी-२० मा भारत विजयी सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल

सयौं खेलको पहिलो हाफमा नेपाल २–० ले अगाडि

फाइल तस्बिर

काठमाडौं । नयाँ प्रशिक्षक र नयाँ कप्तानको नेतृत्वमा आफ्नो एक सयौं अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिएको नेपाली महिला राष्ट्रिय टिमले आइतबार उज्वेकिस्तानको तास्केन्दमा लाओसविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ ।

प्याट्रिक डि वाइल्डको प्रशिक्षणमा एएफसी महिला एसियन कप छनोटको खेलमा मैदान उत्रिने क्रममा आइतबार नेपालले नियमित कप्तान अञ्जिला तुम्बाप्पो सुब्बालाई आराम दिएको थियो । अञ्जिला अनुपस्थित हुँदा आर्मब्याण्ड सावित्रा भण्डारीले पाइन भने गोलपोष्ट सुरक्षाको जिम्मेवारी अञ्जना राना मगरलाई दिइएको थियो ।

नेपालले एकपक्षीय रुपमा नियन्त्रण लिएको खेलमा दुवै गोल सावित्रा र अनिता बस्नेतको तालमेलमा भएको थियो । भेट्रान मिड्फिल्डर अनिता बस्नेतले १४ तथा सावित्राले मध्यान्तरअघिको अन्तिम मिनेटमा गरेका गोल पहिलो हाफमा दुई टिमबीचको अन्तर थियो ।

सविता राना मगरले वायाँ विंग्सबाट गरेको क्रसलाई कप्तान सावित्राले हेडमार्फत पछाडि फ्लिक गरेपछि प्राप्त अवसरमा अनिताले निक्कै उच्च स्तरीय गोल गरिन । एक विपक्षी रक्षकले पछ्याइरहेको अवस्थामा छातीले बल नियन्त्रणमा लिएर उनले वायाँ खुट्टाले गरेको प्रहार रोक्नु विपक्षी गोलकिपरलाई सम्भव भएन ।

यसैगरी समय सकिनै लाग्दा अनिताले दायाँ विंग्सबाट गरेको क्रसलाई सावित्राले जम्प हेडमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन ।

३–२–३–२ को शैलीमा मैदान उत्रिएको नेपाली टिमको पहिलो रोजाईमा नवनियुक्त प्रशिक्षक प्याट्रिकले रक्षापंक्तिमा गीता राना मगरसँगै निशा थोकर र समिक्षा घिमिरेलाई मौका दिएका थिए ।

यसैगरी डिफेन्सिभ मिडफिल्डमा सरु लिम्बु र सरस्वती हमाल तथा मिडफिल्डको माथिल्लो भागको बीचमा पूर्व कप्तान रेणुका नगरकोटे तथा वायाँ विंग्समा सविता र दायाँ विंग्समा अनितालाई मैदान उतारेका थिए ।

नियमित कप्तान अञ्जिलासहित अमृता जैसी, प्रिती राई र  पुजा रानामगर लगायतलाई पनि आराम दिइएको थियो ।

एएफसी महिला एसियन कप छनोटको समूह एफमा नेपालले बुधबार दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने शनिबार अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा सहभागिताको मौका पाउनेछ । नेपाल छनोट भएर पहिलो पटक एसियन कप खेल्दै इतिहास रच्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको हो ।


भिडियो
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को विचारमा महिला खेलाडीले नेपाली फुटबल थेगेका छन् ।
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA