काठमाडौं । नेपाल ओलम्पियन्स संघको चौथो साधारण सभाले दीपक विष्टलाई अध्यक्षमा निरन्तराता दिँदै नयाँ नेतृत्व चयन गरेको छ ।
चितवनमा आइतबार भएको साधारण सभाबाट अध्यक्ष विष्टसहित १५ सदस्यीय कार्यसमिति नै निर्विरोध चयन भयो ।
एसोसिएसनको दुई उपाध्यक्षमा प्रविण तुलाधर, देवु थापा, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा मनिता श्रेष्ठ प्रधान र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यमा विष्णुवहादुर सिंह, मुकुन्दहरि श्रेष्ठ, टिकाराम श्रेष्ठ, भगवती केसी, विमला रानामगर, राजकुमारी पाण्डे, फूलमाया क्याप्छाकी, प्रिन्स दाहाल र सफलराम श्रेष्ठ छानिए ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले साधारण सभाको उद्घाटन गरेका थिए ।
महासचिव राजेन्द्र भण्डारीले पेश गरेको वार्षिक र आर्थिक प्रतिवेदनलाई सभाले पास गरेको थियो । यस्तै सभाबाट स्कुल टु ओलम्पिकलाई निरन्तरता, ओलम्पियनको विवरणसहितको पुस्तक प्रकाशन गर्ने र हरेक ओलम्पिकपछि पुनर्मिलन कार्यक्रम आयोजना गर्ने निर्णय पनि भएको छ ।