काठमाडौं । पोर्चुगलको बेन्फिाविरुद्ध अतिरिक्त समयमा ४-१ को सहज जित निकाल्दै इङ्ल्यान्डको चेल्सी फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार बैङ्क अफ अमेरिकामा निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोल भएपछि खेल ३० मिनेटमा अतिरिक्त समयमा धकेलिएको थियो ।
चेल्सीलाई जित दिलाउन रिस जेम्स, क्रिस्टोफर एनकुकु, पेड्रो नेटो र किर्नान डेउजबरी हलले गोल गरे । बेन्फिकाका लागि एन्जल डी मारियाले गोल फर्काए ।
खेलको६४औं मिनेटमा जेम्सको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । इन्जुरी समयमा डी मारियालले पेनाल्टीमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए ।
जियानलुका प्रेस्टियानीले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि बेन्फिका १० खेलाडीमा समेटिएको थियो । १०८औं मिनेटमा एनकुकुले गोल गर्दा चेल्सी २-१ ले अगाडि बढ्यो ।
त्यसको ६ मिनेटपछि नै नेटोले चेल्सीका लागि तेस्रो गोल गरे । अतिरिक्त समय सकिन तीन मिनेट बाँकी रहँदा हलले गोल गर्दै चेल्सीलाई ४ १ को सानदार जित दिलाए ।
चेल्सीले सेमिफाइनल प्रवेशका लागि ब्राजिलियन टोली पाल्मरेसको सामना गर्नेछ । पाल्मेरसले आफ्नै देशको बोटाफोगोविरुद्ध १ ० को जित निकाल्दै अन्तिम ८ को यात्रा तय गरेको हो ।